पाल्पामा शनिवार ४७ जना निको भए, ३४ जना कोरोना संक्रमित थपिए

0 627

पाल्पा । पाल्पामा शनिबार ४७ जना कोरोना संक्रमित निको भएका छन् । यसरी निको हुनेहरुमा तानसेन नगरपालिकाका २६ जना, पूर्वखोला गाउँपालिकाका ८ जना, तिनाउ गाउँपालिकाका ४ जना, रिब्दिकोट गाउँपालिकाका ३ जना, रामपुर नगरपालिकाका २ जना, माथागढीका २ जना, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका १,१ जना रहेका छन् ।

यस्तै शनिबार पाल्पामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये तानसेन नगरपालिकाका २५ जना, बगनासकाली गाउँपालिकाका ४ जना, रिब्दिकोट र पूर्वखोला गाउँपालिकाका २÷२ जना र रम्भा गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...