पाल्पामा सडक छेउका ७ सय बढी घर भत्काइदै

0 7,409

स्थानीय भन्छन्ः हामीलाई घर बार बिहीन बनाउन खोजियो

पाल्पा । पाल्पामा सडक क्षेत्रभित्र बनेका ७ सय बढीहरु भत्किने भएका छन् ।  सिद्धार्थ राजमार्ग अन्र्तगत चिडियाखोलादेखि राम्दीसम्मका करिव ७ सय घरहरु भत्काउने तयारी गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गलाई चार लेनमा विस्तार गर्ने तयारी अनुसार यसरी घरहरु भत्काउने थालिएको हो । बुटवलको चिडियाखोलादेखि पाल्पाको सिमाना राम्दी क्षेत्रसम्म सडक सिमानाको २५ मिटरभित्र दायाँबायाँ बनेका पक्की तथा कच्ची गरी ७ सय घर भत्किने प्रक्रिया अगाडि बढाइएको डिभिजनले जनाएको छ । यसरी फालिनेमा ४ सय पक्की घर र अन्य कच्ची घरहरु रहेका छन् ।

डिभिजन सडक कार्यालय पाल्पाले सार्वजनिक सूचना प्रकाशित गरी सडकको दायाँबायाँ २५ मिटर क्षेत्रका  भौतिक संरचना तत्काल आफैं हटाउन निर्देशन गरेको छ । डिभिजन सडक कार्यालय  पाल्पाले बुटवलको चिडियाखोलादेखि पाल्पाको राम्दीसम्म सडकको दायाँबायाँ २५ मिटरभित्र पर्ने घरको तथ्यांक संकलन गरी हटाउने घरमा रातो लगाइसकेका सडक डिभिजनका डिभिजन प्रमुख मुकुन्द अधिकारीले बताए । उनले यसका लागि प्रभावित क्षेत्रमा माइकिङबाट समेत जानकारी गराइसकिएको बताए । चैत महिनादेखि सडक दायरामा रहेका घरहरु भत्काउन थालिने उनले बताए ।

उता स्थानीय बासिन्दाहरुले डिभिजन कार्यालयको उक्त निर्णय र प्रक्रियाको बिरोध गर्दै आएका छन् । सडकका खाल्डाखुल्टी समेत पुर्न नसक्ने कार्यालयले अहिले आवश्यकताभन्दा बढी बाटो फराकिलो बनाउने बाहनामा आफुहरुलाई उठीबास लगाउन खोजेको स्थानीयको आरोप छ ।

तस्बिरः कृष्ण पोखरेल अन्नपुर्ण पोष्ट

 

Comments
Loading...