पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या ९४ जना पुग्यो

0 982

पाल्पा । पाल्पामा समुदाय स्तरमा कोरोना फैलने दैनिक रुपमा बढ्दो छ । पाल्पामा अहिले सम्म समुदाय स्तरमा ९४ जना ब्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । सुरु सुरुमा भारत सहित अन्य देशबाट आएका ब्यक्तिहरुलाई स्थानीय तहहरुले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्दै आएपनि पछिल्लो समयमा स्थानीय सरकारले क्वारेन्टाइनमा नराखी सिधै होम आइसोलेशन र होम क्वारेन्टाइनमा राख्नु, विदेश तथा भारतबाट आएका मानिसहरुको तथ्यांक नराख्नु, सीमा नाकामा खुला हुनु जस्ता कारणले गर्दा समुदाय स्तरमा कोरोना देखिदै गएको पाइएको छ ।

पाल्पाको निस्दी गाउपालिकामा बाहेक सबै स्थानीय तहमा समुदायमा कोरोना फैलिएको छ । जस अन्र्तगत माथागढी गाउपालिकामा ५ जना, रामपुर नगरपालिकामा २ जना, पुर्वखोला गाउपालिकामा १ जना, रैनादेबी छहरा गाउपालिकामा ५ जना, रम्भा गाउपालिकामा १८ जना, बगनासकाली गाउपालिकामा ९ जना, तिनाउ गाउपालिकामा १० जना, रिब्दीकोट गाउपालिकामा १ जना, तानसेन नगरपालिकामा २५ जना, र अस्पतालमा गरि पाल्पामा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या ९४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

जसमध्ये अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी ८ जना, जनप्रतिनिधिहरु ५ जना रहेको उनले बताए । सर्वसाधारणले सर्तकता अपनाउने, स्वास्थ्य मापदण्ड पूरा गर्ने, स्वाव परीक्षण र नतिजा नआउ“दा सम्म होम आइसोलेशनमा बस्ने, संक्रमित व्यक्तिहरुले सर्तकता अपनाउने भने संक्रमण फैलनबाट रोक्न सकिने उनले बताए ।

पाल्पा जिल्लामा हालसम्म ६ सय ८१ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ६ सय ८ जना पुरुष र ७३ जना महिला रहेका छन् । जसमध्ये ५ सय ७७ जना निको भएका छन् । त्यस्तै कोरोनाकै कारण पाल्पामा २ जनाको निधन भएको छ ।

Comments
Loading...