पाल्पामा समुदाय स्तरमा फैलियो कोरोना, बगनासकाली असोज ५ गतेसम्मलाई बन्द

0 1,268

पाल्पामा समुदाय स्तरमा कोरोना फैलिएको छ । पाल्पामा शुक्रबार मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बगनासकाली गाउँपालिकाका वडा नं. ५ र ६ का चार,चार जना रहेका छन् । यी मध्ये राम्दी र स्थानीय दर्पुक गाउँका हुन् ।

त्यस्तै बगनासकाली ८ का एक जना रहेका छन । जसमा दुई महिला र ७ पुरुष रहेका छन । त्यस्तै पाल्पा अस्पतालका एक र लुम्बिनी मेडिकल कलेजमा स्वाब दिएका एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

समुदायस्तरमा कोरोना फैलिएपछि बगनासकाली गाउँपालिका क्षेत्रभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । असोज ५ गतेसम्मका लागि बगनासकाली गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।

Comments
Loading...