पाल्पामा सुतिरहेकै अवस्थामा पहिरोले पुर्दा एक युवकको निधन

0 1,169

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँमा पहिरोमा परि एक युवाको मृत्यु भएको छ । बुधबार राती गएको पहिरोमा परि २० वर्षीय सुमन कनौजेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरसँगैको गोठमा बनाइएको कोठामा सुतिरहेका कनौजेलाई पहिरोले पुरेको थियो । राती ११ बजे पहिरो गएको स्थानीयले बताए । पहिरोमा दुई भैसी समेत पुरिएको प्रहरीलेले जनाएको छ ।

सांकेतिक तस्बिर 

Comments
Loading...