पाल्पामा समुदाय स्तरमा पनि भेटियो कोरोना

0 1,017

पाल्पा । पाल्पामा समुदाय स्तरमा पनि कोरोना फैलिएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका वडा नं. ४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएसँगै पाल्पामा समुदाय स्तरमा पनि कोरोना फैलिएको पुष्टि भएको हो ।
संक्रमित महिला गृहणी हन् । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

Comments
Loading...