पाल्पामा स्कुल बस दुर्घटना, २८ विद्यार्थी घाइते, २५ को अवस्था सामान्य, ३ को अवस्था मध्यम

0 25

पाल्पा । रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस मंगलवार बिहान बगनासकाली गाउँपालिका १ पिप्लेमा दुर्घटना भएको छ । विद्यार्थी लिएर विद्यालयतिर दमकडा आउँदै गरेको लु १ क १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । बसमा सवार २८ जना विद्यार्थी घाइते भइ लुम्विनी मेडिकल कलेज पठाइएको, २५ विद्यार्थीको अवस्था सामान्य रहेको, ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल मिनप्रसाद बन्जाडेका अनुसार सबै विद्यार्थी खतरामुक्त रहेका छन् ।

Comments
Loading...