पाल्पामा ३ सय बढी अपांगता भएका बालबालिका आँगन पिढीमै सिमित

0 28

पाल्पा । गत मंगलबार देशभर बिभिन्न कार्यक्रम गरि २८ औं अन्तराष्ट्रिय अपांग दिवस मनाइरहँदा बगनासकाली गाउँपालिका–८ बराङ्दीका १४ वर्षीय दामोदर पाण्डे र उनका भाई ११ वर्षीय ऋषिराम पाण्डेको दैनिकी आँगन र पिढीमै खेलेरै बित्यो । यो दिन मात्रै हैन उनीहरुको दैनिकी सधैं यसै गरि नै पिढीमै खेलेर बित्छ । उनीहरु न स्कुल जान्छन् न त घरमा नै पढ्छन् । दामोदर र ऋषिराम दुबै मानसिक तथा शारिरीक रुपले अपांग हुन् । उनीहरु दुवै बोल्न सक्दैनन् । घरका सदस्य बाहेक अरुलाई चिन्दैनन् । कानले सुन्छन् तर कुनै हाउभाउबाट पनि कुनै प्रतिक्रिया दिदैनन् । तर कहिले काहि धेरै खुशी हुँदा र दुःखी हुँदा भने प्रतिक्रिया जनाउछन् । दिसा पिसाव समेत लगाएकै लुगामा गर्छन् ।

दामोदर र ऋषिराम यज्ञप्रसाद पाण्डे र कमला पाण्डेका छोरा हुन् । उनीहरुका सन्तानका नाममा रहेका दुई छोरा नै अपांग भएपछि पाण्डे दम्पत्ती चिन्तित छन् । यी दुई दाजुभाई घरमा पनि थपक्क बस्दैनन् । तत्कालै कुनै विठ्याई गरिहाल्ने वा अर्काको घरमा गएर केही बिगार गर्ने डरले एक जना कुरुवा बस्नैपर्छ ।

पाण्डे दाजु भाई मात्रै हैन उनीहरु जस्तै ३ सय बढी अपाड्डता भएका बालबालिकाहरुको दैनिकी अहिले पनि आगन र पिढीमा मात्रै सीमित छ । ती मध्ये अधिकांश बालबालिकाहरू ओछ्यानमै छन् । अपांगताको क्षेत्रमा काम गर्दै आएको संस्था सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले पाल्पाका २ नगरपालिका र ८ गाउपालिका भित्र ३ यस बढी बालबालिकाहरुले अपांगता भएकै कारण शिक्षा लगायत अन्य अधिकारबाट बञ्चित हुनुपरेको बताए । “जन्मजात वा जन्मेपछि बिभिन्न कारणले अपांगता भएका बालबालिकाहरु उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिढीमै सिमित भएका छन् ।” उनले भने ।

नेपालको संविधान २०७२ मा मौलिक हक अन्र्तगत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक, र धारा ३९ मा बालबालिकाको हक रहेपनि उनीहरुले यी कुनै पनि हकको राम्रो गरि उपयोग गर्न पाएका छैनन् । धारा ३१ को शिक्षाको हक अन्र्तगत अपांगता भएका र आर्थिक रुपले बिपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ त्यस्तै दृष्टिबिहीन नागरिकलाई बे्रललिपि तथा बहिरा र स्वर बोलाई सम्बन्धी अपाड्डता भएका भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चित गरिएको छ ।

पाल्पामा सरकारी स्तरबाटै दृष्टि बिहीन बालबालिकाहरुका लागि दमकडा माध्यमिक बिद्यालयमा अध्ययनको ब्यवस्था गरिएको छ । त्यस्तै कान नसुन्ने बालबालिकाहरुका लागि पप मावि र भवानी माध्यमिक बिद्यालयमा अध्ययनको ब्यवस्था गरिएको छ । पप माविमा आवासिय सुविधा छैन भने भवानीमा आवासिय सुविधा समेत छ । तर अति अपांगता भएका बिद्यालय बोकेरै ल्याउनुपर्ने अपांगता भएका बालबालिकाहरुका लागि भने सरकारी रुपमा कुनै पनि बिद्यालय छैन । अति अपांगता भएका बालबालिकाहरुका लागि लक्षित गरि स्थानीय तह र बिभिन्न अक्ष्यकोष दाताहरुको सहयोगमा सिविआरले डेढ वर्षदेखि स्याहार केन्द्रको रुपमा बिद्यालय सञ्चालन गरेपनि आर्थिक अभावमा धेरै बालबालिकाहरुलाई समेट्न नसकिएको सिविआरका कार्यक्रम संयोजक गहतराजले बताए ।

यहाँ अहिले अति अपांगता भएका १२ जना बालबालिकाहरुले सेवा लिंदै आएका छन् । “नियमित उपचार र थेरापी गराउन सक्ने हो धेरै बालबालिकाहरुको दैनिकी सहज हुन सक्ने अवस्था छ यसबारे सम्वन्धित स्थानीय तहहरुले सोच्नुपर्छ ।” उनले भने । पर्याप्त बजेट हुने हो भने यसमा अझ धेरै बालबालिकाहरुलाई समेटेर लैजान सकिने उनले बताए ।

४ प्रकारका अपांगता मध्ये सामान्य र मध्यम अपांगता भएकाहरुले आफ्नो काम र दैनिकी गुजार्न सक्ने भएपनि पूर्ण र अति अपांगता भएका ब्यक्तिहरुका लागि राज्यले बिशेष ध्यान पु¥याउनुपर्ने देखिन्छ । दोभान पाल्पाकी बिष्णु देवी घिमिरेले स्थानीय तहको गठनपछि अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गरेर हुने कार्यक्रमहरु कम हुँदै गएको गुनासो गरिन् ।
तस्बिरः फाइल

Comments
Loading...