पाल्पामा ३ हजार बेड क्षमताका क्वारेन्टाइन बनाइदै, आइसोलेसन संख्या पनि बढाइने

0 139

पाल्पा । जिल्ला स्तरीय छिमेकी जिल्ला रुपन्देहीमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समितिको जेठ ३ गते बसेको बैठकले पाल्पा जिल्लालाई जेठ ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला शिल गर्ने निर्णय गरेपछि जेठ ३ गतेबाट पाल्पामा लकडाउनलाई थप गराइएको छ ।

समितिको बैठक अनुसार छिमेकी जिल्लाहरुमा समेत कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो । बैठकले औषधी एम्बुलेन्स शबबहान लगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारी चल्न नदिइएको उनले बताए ।

आइसोलेसन बेड संख्या बढाइदै
पाल्पामा कोरोना रोकथामका लागि १ सय २० बेडको आइसोलेशन बनाइने भएको छ । जेठ २ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई कोरोना रोकथामको लागि पाल्पाको रामपुर नगरपालिकाको रामपुरमा ५०, रम्भा गाउँपालिका, र रिव्दिकोट गाउँपालिकाको खस्यौलीमा २० शैयाको र तानसेन नगरपालिकाको तानसेनमा ५० शैया (बेडको) आइसोलेशन बेड तयार गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले बताए ।

आइसोलेशन निर्माणको लागि सम्बन्धित स्थानका पालिकालाई छिमेकी पालिकाहरुले सहयोग गर्नेछन् । यस अघि तानसेनको पाल्पा अस्पताल, लुम्बेनी मेडिकल, मिसन अस्पताल र रामपुरको रामपुर अस्पतालमा गरी जम्मा ६२ बेडको आइसोलेशन कक्ष रहेको छ ।

बैठकले यो अवधिमा भारतबाट लुकीछिपी मान्छेहरु पैदलबाट जिल्ला भित्रने गरेको उच्च सावधानी अपनाइृ उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहहरुले निर्देशन दिएको छ । त्यस्तै जिल्लाका लागि तत्कालका लागि १ हजार थान आरडिटि किट र २ सय थान पिपिई प्रदेश मन्त्रालयबाट माग गर्ने समेत निर्णय भएको छ ।

क्वारेन्टाइनमा ३ हजार बेड संख्या बनाइने
त्यस्तै समितिको बैठकले २ नगरपालिकामा ५,५ सय बेड क्षमताका र ८ गाउँपालिकाहरुमा २ सय ५०, २ सय ५० बेड क्षमताका गरि ३ हजार बेड क्षमताका क्वारेन्टाइन पाल्पामा बनाइने निर्णय भएको छ । हाल पाल्पामा ४ सय बेड क्षमता हाराहारीमा क्वारेन्टाइन रहेका छन् ।

Comments
Loading...