पाल्पामा ६ सय २८ जनाको आरडिटि नेगेटिभ, १ सय ७४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

0 28

पाल्पा । भारतबाट समेत मानिसहरु आउन थालेपछि कोरोना परीक्षणको दायरा पाल्पामा फराकिलो हुन सकेको छैन । भारतबाट आएर तानसेनको होल्डिंग क्वारेन्टाइनमा रहेकाहरु समेत किट अभावमा जाच नगरी गाउँका क्वारेन्टाइनमा पठाइएका छन् । यसो हुँदा जोखिम बढी हुन सक्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।


छिमेकी जिल्ला रुपन्देही गुल्मी, अर्घाखाँची र स्यांगजामा समेत कोरोना संक्रमित देखिएपछि पाल्पामा लकडाउनलाई कडाई गरिएको छ । जिल्ला भित्रिने नाकाहरुमा कडाई तथा जाचबुझका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाइएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।
पाल्पामा हालसम्म १ हजार ५ सय १७ बेडका क्वारेन्टाइनमा बनाइएका छन् । यसलाई बढाएर ३ हजार पुर्याउने गरि काम अगाडि बढिरहेको प्रजिअ सुवेदीले बताए । पाल्पामा भारत सहित देशका बिभिन्न स्थानबाट आएका गरि जेठ १६ गते १ हजार २६ जना क्वारेन्टाइनमा रहेका छन् । भारतबाट आएकाहरुलाई सुनौली तथा नाकाहरुमा जिल्लाबाटै बसको ब्यवस्था भएको छ ।


पाल्पामा हालसम्म ६ सय २८ जनाको आरडिटि गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बिश्वराज न्यौपानेले बताए । पिसिआरका लागि २ सय ७४ जनाको स्वाव संकलन गरिएकोमा १ सय जनाको रिपोर्ट नेगेटिभ आएको र १ सय ७४ जनाको रिपोर्ट आउने प्रक्रियामै रहेको उनले बताए ।जिल्लाका बिभिन्न अस्पतालमा गरि ६२ वटा बेड आइसोलेसन रहेकोमा ६ जना आइसोलेसनमा रहेको उनले बताए ।तस्बिर अनलाइन

Comments
Loading...