पाल्पालीका लागि खुशीको खबर, बन्ने भयो सिद्धबाबामा सुरुङमार्ग

0 84

पाल्पा । मृत्यमार्गको रुपमा परिचित सिद्धबाबा सडकमा सुरुङ मार्ग बनाउन सरकारले आवश्यक बजेट बिनियोजन गरेको छ ।

नेपाल सरकारको मिति २०७६ मंसिर १ गते बसेको मन्त्रीपरिषद्को बैठकले सुरूङ् मागर्न निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीको हस्ताक्षर रहेकोस्रोत सुनिश्चितताको पत्र सम्बन्धित कार्यालयलाइ पठाएको छ । अहिले अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाइ पत्र लेखेर सहमति दिएको हो । यो खबरले पाल्पा तथा आसपासका जिल्लाबासी खुशी भएका छन् ।

Comments
Loading...