पाल्पाली कलाकारको पहलमा बगनासकालीको आफरमा राहत बितरण

0 73

पाल्पा । कोरोना त्रासका कारण सरकारले आह्वान गरेको लकडाउनका बेला वृद्धबृद्धा तथा मजदुर गरेर खाने परिवारलाइ सबैभन्दा समस्या परेको छ ।


यसै सन्दर्भमा सरकार लगायत सबै तिरबाट सहयोगीहातहरु जुटिरहेका छन । पाल्पा पनि लकडाउनका कारण छाक टार्न गाह्रो भएका परिवारहरुलाइ राहत बितरण कार्य जारी छ ।
यस्तो संकट बेला सरकारले मात्र सहयोगर्न नसक्ने र आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्न सबैलाइ अपिल गर्दै पाल्पाली कलाकार बिजय बम्डेल र कमल भट्टराईले पन्चकन्या गल्ला भन्डारका बिरेन्द्र ज्ञयावाली,पद्मा भट्टराई र स्वयम् बिजय बम्डेलको सहयोगमा बगनासकाली ३ आफरमा ६ घर परिवारमा चामल, नुन, तेल, र अन्डा बितरण गरेका छन ।

राहत प्राप्त परिवारले यो अबस्थामा पनि यसरी सहयोग गरेकोमा सम्पुर्ण टिमलाइ धन्यवाद दिएका छन् ।

Comments
Loading...