पाल्पाली जनताको सेवक हुँः गैरे

0 1,917

पाल्पा । पाल्पा क्षेत्र नं २ का मतदाता नेकपा एमालेका युवा नेता ठाकुर गैरेलाई उम्मेदवारको रुपमा पाउँदा उत्साही भएका छन् । यसअघिका निर्वाचनमा पनि गैरेलाई उम्मेदवारको रुपमा मतदाताले चाहेका थिए तर उहाँले अवसर पाउनुभएको थिएन । नेपाली राजनीतिक सामाजिक क्षेत्रमा लामो समय बिताउनुभएका गैरे अहिले पहिलो पटक उम्मेदवारको रुपमा जनताको घरदैलोमा हुनुहुन्छ ।

आफ्नो क्रियाशील राजनीतिक सामाजिक जीवनको ३२ वर्ष पछि उहाँ नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । यसपटक पाल्पाका सबै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरुले बिजयी हुने बलियो आधार बनिसकेको नेकपा एमाले प्रदेश कमिटि सदस्य देवीप्रसाद बस्यालले बताउनुभयो ।

एमालेले अहिले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा मतदाताहरुकै रोजाई पर्नुभएका र नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका व्यक्तिहरुलाई उम्मेदवार बनाएका छौं । पाल्पा २ मा त झन आम मतदाताहरुले चाहेकै ब्यक्ति युवा नेता ठाकुर गैरेलाई अहिले एमालेले उम्मेदवारको रुपमा अगाडि सारेको छ । यसकारण पनि जित सुनिश्चित भइसकेको छ । अर्का प्रदेश कमिटि सदस्य मोहन थापा मगरले भन्नुभयो ।

गैरे सहित नेकपा एमालेका नेताहरुले सोमवार बगनासकाली गाउँपालिकाको बगनास, नायरनमतलेस र खानीछापका मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । नेता गैरेसँगको भेटघाटमा मतदाताहरुले यसपटक आफूहरु नयाँ र संघर्षशील युवालाई मतदान गर्ने अवसर मिल्ने भन्दै खुशी व्यक्त गरेका थिए । टोलभेलामा आफ्नो धारणा राख्नुहुँदै नेता गैरेले व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्न ठूलो परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्न, बाँदर दुम्सी, बदेललगायत बन्यजन्तुको उचित व्यवस्थापन गरी किसानलाई सहयोग पु¥याउन आफू लागिपर्ने बताउनुभयो ।

पाल्पाली जनताले विकास र समृद्धि चाहेको बताउँदै उहाँले त्यसको नेतृत्वका लागि आफु तयार रहेको बताउनुभयो । एउटै व्यक्ति पटकपटक निर्वाचित हुने तर आफ्नो क्षेत्रको विकासमा ध्यान नदिने परिपार्टीले पाल्पा क्षेत्र नं २ पछाडि परेको बताउँदै उहाँले अब यो क्षेत्रमा पुरानालाई निरन्तरता नभइ नयाँ नेतृत्वलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले कृषिमा बजेट वृद्धि र बजारीकरणका लागि स्थानीय सरकारसँग समन्वय गर्दै बिभिन्न कार्यक्रम संचालन गर्ने, युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिकोपहिचान गर्न संस्कृतिको संरक्षण गर्नका लागि आफ्नो पहल रहने बताउनुभयो ।

गैरेले आफु यसअघि सांसदको रुपमा नरहेपनि सामाजिक राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशील रहेको र आगामी दिनमा जनताको असल सेवक भई काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

Comments
Loading...