पाल्पाली नेता बिरवलको निधन

0 371

पाल्पा । पाल्पाली राजनीतिमा इमान्दार नेताको परिचय बनाएका गिरबहादुर थापा विरबलको उपचारको क्रममा निधन भएको छ ।

उनको उपचार भइरहँदा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज बिहान निधन भएको हो । उनी लामो सयमदेखि सुगर तथा मृगौला सम्बन्धि बिरामी रहेका थिए ।

२०५७ सालमा नेकपा माओवादीको होलटाइमर कार्यकर्ता भई उनले अन्तिम समय सम्म पनि एक इमान्दार नेताको रुपमा काम गरे । थापा नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति सदस्य पाल्पा पार्टी जिल्ला संयोजक, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सचिवालय सदस्य पाल्पा जिल्ला सचिव र हाल प्रदेश सचिवालय सदस्य समेत रहेका थिए ।

Comments
Loading...