पाल्पाली पत्रकार बस्यालको ज्यानमाया बजारमा (भिडियो सहित)

0 701

पाल्पा । पाल्पाली पत्रकार तथा सञ्चारकर्मी तथा सर्जक सन्तोष बस्यालको सांगीतिक कोशेली ज्यानमाया बजारमा आएको छ ।
उनको यो ११ औं सांगितिक कोसेली हो । चार बर्षको अन्तरालमा ज्यानमाया नामक दोहोरी गीतमार्फत बस्यालको गायनमा पुनरागमन भएको हो । यसअघि पप, आधुनिक तथा फिल्मी गीतमार्फत बस्यालले साँगीतिक दुनियाँमा पाइला बढाउँदै आएका थिए ।

संचार क्षेत्रमा लामो समयदेखि क्रियाशील बस्यालले गायनका अलावा शब्द तथा संगीत सिर्जनासमेत गर्दै आएका छन् । संगीत तथा भिडियोग्राफीको पढाइसमेत गरेका बस्यालको मुख्य पेशा पत्रकारिता तथा भिडियोग्राफीनै रहे पनि बेलाबेलामा गाउने समेत गर्दै आएका छन् ।
७ सयभन्दा बढी म्युजिक भिडियो निर्माण गरेका उनले एक दर्जन बढी साना ठुला चलचित्रसमेत निर्माण गरेका छन् । दोभान नामक चलचित्रमा गीत, संगीत र छायांकनको भूमिका समेत उनले निर्वाह गरेका थिए । जुन लोकप्रिय भएको थियो ।

हालै बजारमा आएको ज्यानमायामा पनि शब्द, संगीत, स्वर, भिडियो छायांकन तथा सम्पादन आफै गरेका छन् । सीटीभी नेपाल युटुब च्यालनमार्फत सार्वजनिक गीतमा बस्यालका अलावा शान्ति हितंगाको पनि महिला आवाज रहेको छ । गायिका हितंगाले गित आशलाग्दो बनेको बताइन् । उक्त गीतको भिडियोमा प्रेम गुरुङले निर्देशन गरेका छन् भने भिडियोमा प्रेमका अलावा मोहन गुरुङ, बर्षा र रेबिनाले नृत्य गरेका छन् ।

Comments
Loading...