पाल्पाली समाज दुबईको अध्यक्षमा तिमिल्सिना

0 94

राजा बगर । युएई
देश बिदेशमा रचनात्मक कार्यहरु गर्दै आएको पाल्पाली समाज क्षत्रीय समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।


पाल्पाली कान्छा को सभापतित्व र नेपाली समाज युएई का महासचिव तथा पाल्पाली समाज युएईका पुर्व अध्यक्ष बेद प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम चलेको थियो ।
बर दुबई स्थित लुम्बिनी गेस्टहाउसमा सम्पन्न भएको अधिबेशनबाट कृष्ण प्रसाद तिमिल्सिना निर्बिरोध अध्यक्ष पदमा चयन भएका छन् ।

उपाध्यक्षमा ऋतु पुन मगर सहउपाध्यक्षमा गिरिश भण्डारी, सचिबमा राम चन्द्र ढकाल ,कोषाअध्यक्ष मा जीवन बस्याल चयन भएका छन् । सदस्यहरुमा रमेश न्यौपाने ,जनक भण्डारी,सागर सापकोटा,ओम बहादुर गाहा, रमेश बस्याल, गिरि प्र, गैरे, नारायण पाण्डे,अनिल पाण्डे,कृष्ण भुसाल, निमा गैरे,मिना कार्की,अम्बिका बस्याल ,बसन्ती भट्टराई, रक्षा शर्मा ,निर्मला तिमिल्सिना,दिपा भट्टराई,मन्जु भट्टराई रहेका छन् ।

खजुरको बोट मुनि स्थापना भएको पाल्पाली समाज अहिले युएईको सात्तौ जिल्लामा आफ्नो समाज बिस्तार गरि युएई कै अबल्ल सामाजिक संस्थाको नामले परिचित छ । यो समाज मार्फत पाल्पामा पनि बिभिन्न रचनात्मक कामहरु भएका छन् ।

Comments
Loading...