पाल्पाली समाज युएईको अध्यक्षमा अर्याल

0 124

राजा बगर । युएई
पाल्पाली समाज युएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष खुम आले मगरको सभापतित्वमा सञ्चालित उक्त अधिवेशनमा नेपाली समाजका अध्यक्ष चन्द्र सापकोटा प्रमुख अथितिको रुपमा रहेका थिए । पाल्पाली समाजका संस्थापक तथा लुम्बिनी वेलफेयर सोसाईटीका अध्यक्ष गितामणि पाण्डेय बिशिष्ठ अतिथिको रुपमा रहेका थिए । त्यस्तै युएई पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, एन आर ए युएईका नेत्रप्रसाद शर्मा ब्यवसायीहरु नमस्ते ट्राभलका एकेन्द्र थापा, सिल्फर स्पुन कि सञ्चालिका सानु शर्मा लगायतको उपस्थिति रहेको थियो ।

समाजका कोषाध्यक्ष कैलाश अर्यालले समाजको २०१५ देखि ०१७ को आर्थिक बिवरण पेश गरेका थिए । दुई बर्षको अबधिमा समाजले युएई लगायत पाल्पा जिल्लामा भुकम्प पिडित, शिक्षा क्षेत्र र युएईमा मृत्यु भएका पाल्पालीहरु तथा अन्य सहयोग गर्दै करिब २६ लाख १६ हजार ५ सय ५७ रुपियाँ पाल्पा जिल्लामा मात्र सहयोग पुगेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली समाजका अध्यक्ष चन्द्र सापकोटाले नेपाली समाज र पाल्पाली समाज दाजुभाई भएको उदाहरण दिए । पत्रकार महासंघका युएई शाखाका अध्यक्ष भुपराज बस्यालले सामाजिक कार्य सँगै उत्पादनशील क्षेत्रमा समेत लगानी गर्न सके अझ प्रभावकारी हुने बताए । सो अवसरमा बेद प्रसाद अर्यालको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । जसको प्रथम उपाध्यक्षमा कैलाश अर्याल, महासचिवमा धनु क्षेत्री सचिवमा बिष्णु खनाल र कोषाध्यक्षमा खुम प्रसाद न्यौपाने र सह कोषाधक्षमा राजेश गैरे चयन भएका छन् । महिला तर्फ बरिष्ठ उपाधक्ष्य तथा महिला प्रमुखमा ओम कुमारी खाँण रहेकी छन् । कार्यक्रमको संचालन बेदप्रसाद अर्यालले गरेका थिए ।

Comments
Loading...