पाल्पाली सेवा समाज कतारद्धारा ५१ हजारको अक्षयकोष स्थापना

0 389

पाल्पा । दोहा कतारमा रहेका पाल्पालीहरुको साझा संस्था पाल्पाली सेवा समाज दोहा कतारले दर्लमडाँडा माध्यमिक विद्यालय बगनासकाली ५ दर्लमडाँडामा गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको सहयोगार्थ अक्ष्यकोषको स्थापना गरेको छ ।

समाजले विद्यालयको ६७ औं बार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बरावरको अक्ष्यकोष स्थापना गरेको हो । नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना मार्फत समाजले पठाएको उक्त रकम प्रदेश सरकार शिक्षा मन्त्रालयका उपसचिव मनोज गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक लगायतले विद्यालयका प्रधानाध्यापक थमनसिं थापा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशलराज न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

अक्ष्यकोष रकम ग्रहण गर्दै बिद्यालयका प्रधानाध्यापक थमनसिं थापाले उक्त रकमको ब्याजबाट बिद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराइने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोशल न्यौपानेले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

समाजले कतारमा रोजगारीका लागि रहेका पाल्पालीहरुसँग सक्दो अनुसार सहयोग जुटाई पाल्पालीहरुको दुखसुखमा सहयोग गर्दैै आएको छ । अक्षयकोष स्थापनासँगै समाजले बिभिन्न बिरामीहरुको उपचार सहयोगार्थ पनि सहयोग गर्दै आएको छ । समाजका अध्यक्ष महल बहादुर केसीले अन्य पालिकाका बिद्यालयहरुमा पनि पछि क्रमशः यसप्रकारको अक्ष्यकोष स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

समाजका महासचिव रामलाल खातीले रोजगारीको सिलसिलामा कतार जानु अघि कुनै द्धिबिधा रहेमा वा कतार पुगेपछि पनि कुनै समस्या परेमा सहयोग चाहिएमा समाजमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

Comments
Loading...