पाल्पा आवासियका प्रिन्सिपल रहेनन्

0 18

पाल्पा । पाल्पाको संस्थागत विद्यालयका एक जना कुशल प्रिन्सिपलको निधन भएको छ । पाल्पा आवासिय माविका प्रिन्सिपल टिकाराम थापाको शनिवार उपचारको क्रममा निधन भएको हो । उनी झण्डै २ महिनादेखि बिरामी थिए ।

उनी प्याव्सन पाल्पाका सदस्य तथा अनुशासन समितिका संयोजक समेत थिए । उनको निधनप्रति पाल्पाका शैक्षिक संस्था, ब्यक्ति तथा सर्वसाधारणहरुले समेत दुःख व्यक्त गरेका छन् ।

Comments
Loading...