पाल्पा कारागारमा बन्दी बीच झडप

0 21

पाल्पा । पाल्पा कारागारमा कैदी बन्दीहरु बीच बिहीवार बिहानपख आपसमा झडप हुँदा दुई कैदी बन्दी घाईते भएका छन् । कारागारका चौकीदार (बन्दी नाइके) समूह र अन्य पक्षहरुबीच झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।

कैदी बन्दी बीच आपसमा झडप भएपछि पाल्पा एसपी बिश्वमणि पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमै रहेको छ । कारागारका चौकीदार (नाइके)ले अन्य बन्दीहरुलाई हेपेको, पाउने रकम समेत नदिएको लगायतका माग सहित बन्दीहरु आन्दोलनमा उत्रेका हुन् ।

Comments
Loading...