पाल्पा जिल्लालाई बाह्य तथा आन्तरिक पर्यटनको हब (Hub) बनाऊने प्रसस्त आधारहरू छन्

0 848

-धनिश्वर बस्याल

नेपालको पर्यटनले बिश्व पर्यटनको क्षेत्रमा प्रकृती (Nature),संस्कृति (Culture),र इतिहाँस (History) एवं जातीय,सांस्कृतिक, भाषिक,वतावरणिय Multi diversity को बिषयमा बिशिष्ट स्थान सहितको परिचय प्राप्त गर्न सफल भएको छ। पर्यटनको बिषयमा माथी उल्लेखित बिषयबस्तुहरू पाल्पा ज़िल्ला संग मेल खाने र सम्बन्ध सहितका बिषयबस्तुहरू हुन यी बिषयबस्तुहरू प्रकृति,संस्कृति,इतिहाँस (Nature,Culture,History) पर्यटनको क्षेत्रका बहुमूल्य रत्न जस्तै महत्व राख़्ने बिषयबस्तु हुन। ती सबै बिषयबस्तु हरू पाल्पा ज़िल्लामा उपलब्ध छन।

पाल्पा जिल्लाको वतावरणिय उत्कृष्टता ,जातीय भाषिक Multi diversity को अलावा इतिहाँस History को बिषयमा अध्ययन गर्दा पाल्पा ज़िल्लाको ओजपूर्ण इतिहाँस सेनक़ालीन इतिहाँस बि.सं.१७५०-१८६१ र राणाक़ालीन इतिहाँस बि.सं.१९०३-२००७ लाई दिन सकिन्छ।यी बिषयबस्तु नै पाल्पा ज़िल्लाको पर्यटनलाई ऊँचाईमा पूर्याउन सक्ने प्रमुख आधारहरू हुन।त्यसका साथै सांस्कृतिक पक्ष एवं आतिथ्यता मगरी,नेवारी,ब्राह्मण तथा अन्य जातजातीहरूले पाहुनाहरूलाई आदर गर्ने आतिथ्यताको बिशिष्ट शैली ,मधुर बोलीचाली ,खानपानका फरक फरक परिकारहरका स्वादहरूले पर्यटन क्षेत्रमा सुनमा सुगन्धको काम गरेका छन।

मगरी,नेवारी,ब्राह्मण,गुरुंङ संस्कृतिहरू धनी संस्कृति Rich culture हरू हुन । यी संस्कृतिहरूका बिभिन्न चाड पर्व ,मेला पर्व ,रहन सहन,खानपान ,नाच गान,संस्कारसहितका कला संस्कृतिहरू पर्यटक हरू माँझ संरक्षण का साथ उजागर गर्न सकेमा हाम्रो बहुमूल्य संस्कृतिको संरक्षण हुनुको साथै यी पक्षहरूलाई ब्यावसायिकतामा पनी लैजान सकिने प्रसस्त सम्भावनाहरू छन।

पाल्पा ज़िल्ला हावा पानी तथा वातावरणिय हिसाबले नेपालको उत्कृष्ट भूगोल हो। यहाँ औसत २२/२५ डिग्रीको तापमान रहने गर्दछ।हिमश्रृंखला दृस्यावलोकनको हिसाबले पाल्पा ज़िल्ला नेपालकै उत्कृष्ट स्थानहरूको सूचीमा पर्दछ तिनाउँ गाऊँपालिका को मस्यम, रिब्दिकोट गाऊँपालिकाको भैरवस्थान ,बगनासकालि गाऊँपालिकाको बगनास  डांडा ,तानसेन नगरपालिकाको श्रीनगर लाई हिमशृंखला दृस्ष्यावलोकनको हिसाबले प्राकृतिक भ्युटावर को संज्ञा दिएमा अन्यथा हुने छैन।तानसेन को श्रीनगर बाट उत्तरपस्चिम धवलागिरि ८१६७ मीटर देखी लामो अन्नपूर्ण रेन्ज ८०९१ हुदै उत्तर पूर्वतर्फ मनास्लु, गणेश ७८३५ मीटर सम्मका १४ वटा प्रख्यात हिमशृंखला हरूको एउटै स्थान बाट panoramic  mountain view दृष्यावलोकन गर्न सकिन्छ।हिमशृंखला एवं बनजंगल को दृष्यावलोकन ले जो कसैलाइ आनन्दित तुल्याऊछ।बाह्य पर्यटकहरू यस्ता दृष्यावलोकनको अवसरले मन्त्रमुग्ध नै हुने गर्दछन।पर्यटकहरू ज़िल्लामा भित्रिनु मात्रपनी राम्रो पक्ष हो भने आय आर्जनको हिसाबले पर्यटकको बसाई लम्ब्याऊने Activity सृजना गर्नु पर्दछ।जस अंतर्गत हामीले सांस्कृतिक पर्यटन,प्रकृति पर्यटन,स्वस्थ्य पर्यटन,शिक्षा पर्यटन,कृषि पर्यटन,खेल पर्यटन,पदयात्रा पर्यटन,खाना पर्यटन,होमस्टे पर्यटन (पर्यटनक्षेत्र को लोकप्रिय अवधारणा) जस्ता Tourism Activity हरू सृजना गरी स्थापित गर्न सकेमा मात्र हामीले पर्यटनको माध्यमबाट सम्वृद्वीको यात्रा तय गर्न सक्नेछौं।

ज़िल्लाको पर्यटन क्षेत्र लाई उचाईमा पूर्याउनको लागी यस ज़िल्ला संग सम्बन्धित धार्मिक र ऐतिहासिक पक्षहरुको खोजबिन र दस्तावेज़ीकरण र अभिलेखिकरण हरू भैसकेका लाई संरक्षण र नभएकालाई थप ब्यवस्थित गर्नुपर्ने आवस्यकता देखापर्दछ । अर्को महत्वपूर्ण पक्ष पर्यटन र पूर्वाधार एउटा सिक्का का दुई पाटा जस्तै बिषयबस्तु हुन।त्यसैले यस सम्बन्धमा पाल्पा ज़िल्ला मा Domostic Airport को आवस्यकता को सम्बन्धमा हाम्रो धारणा के हो ?हामी स्पष्ट हुने समय आएको छ।साथै उपयुक्त स्थानमा सेनक़ालीन इतिहाँस झल्कीने पूर्वाधार (दरवार आदी) निर्माण को आवस्यक़ता देखीन्छ।

पाल्पा र बुद्व धर्मको सम्बन्धमा – हामीसंग एसियाका तारा भगवान बुद्व संगको सम्बन्धसहितको गर्विलो इतिहाँस छैटौं शताब्दी देखीको देखिन्छ ।तत्कालीन समयमा बुद्व संग सम्बन्धित अभिलेख र प्रमाण हरू थप अध्ययन गर्नु आवस्यक देखिन्छ । राणाक़ालीन प्रभावशाली तत्कालीन तैनाथवाला मुख्य प्रशासक खड्क शमसेर राणाले आज भन्दा १२५ बर्ष अगाड़ी १९५३ मा बुद्व धर्म सम्बन्धी केही उत्खननका कार्य गर्ने उदेस्यले आफ्ना  फ़ौजहरू सहित लुम्बिनीमा उत्खनन गर्ने क्रममा अशोक स्तम्भ दबीएको अवस्थामा पत्ता लगाएका थिए।यस कार्यले पनी भगवान बुद्वको जन्मस्थल लुम्बिनी नै हो भन्ने बिषयमा बलियो प्रमाण जुटेको थियो।भगवान बुद्व जन्मस्थलको बारेमा बलियो आधार खडा गर्न सफल पाल्पा का बहालवाला मुख्य प्रशासक खड्क सम्मशेर र पाल्पाको यो इतिहाँसलाई पाल्पा ज़िल्लाले संरक्षण गर्न सक्नु पर्दछ।यो बलियो आधार सहितको प्रमाणलाई संरक्षण र

सन्देश उजागर गर्न तथा फैलाऊँन को लागी पाल्पा दरवार संग्राहालय मा खड्क समशेर सहितको दलबलले अशोक स्तम्भ उत्खनन गर्दै गरेको एक काल्पनिक painting सहितको अभिलेख राख्न सकिन्छ रानी तेज़कुमारी को सम्झनामा उत्तरबाहिनी कालीगण्डकी नदी किनारमा खड्क समशेर द्वारा निर्माण गरीएको रानीमहल सयौं बर्ष देखी प्रेमको प्रतीकको रूपमा पाल्पा ज़िल्लाको पर्यटन क्षेत्रको ओजपूर्ण सम्पदाको रूपमा अवस्थित छ ।पर्यटनको उचित ब्यावस्थापनको लागी पूर्वाधार क्षेत्र लाई well manage गर्नु आवस्यक छ।यस सम्बन्धमा लामो प्रयासको परिणाम यातायात को सहज पहुँचमार्गको लागी लुम्बिनी प्रदेश सरकारले यो कार्यलाई सम्पन्न गर्दैछ भने तानसेन नगरपालिकाले मिनी संग्रहालय को रूप प्रदान गरेको छ। यसकार्यले पनी रानिघाट दरवार र उत्तरबाहिनीको महत्वको थप प्रचार प्रसार हुने सम्भावना देखिन्छ। पर्यटन क्षेत्रको पछिल्लो अध्ययनले प्रत्येक बर्ष धार्मिक पर्यटक को संख्या ४% को दरले बृद्वी भै रहेको तथ्यांकले देखाएको पाईन्छ।यस अर्थमा पनी हामी पाल्पा ज़िल्लामा बुद्व धर्मको इतिहाँसलाई सोधखोज का साथ सितल हावापानी को हिसाबले बुद्वधर्म अध्ययनको पुस्तकालय स्थापना गरी पर्यटकको बसाईलाई लम्ब्याऊन सकीन्छ।बुद्व धर्म अध्ययन पुस्तकालय तथा लुम्बिनी संग tie up गर्नको लागी तानसेनको श्रीनगरमा बिशाल बुद्वको प्रतिमा स्थापना गर्न सकेमा पाल्पा ज़िल्लाको लुम्बिनीसंग प्रत्यक्ष सम्बन्ध रहने साथै निकट भविस्यमा संचालन हुन गई रहेको गौतमबुद्व अन्तरास्ट्रिय बिमानस्थलबाट आवागमन हुने बाह्य तथा Spiritual tourism को लागी पाल्पा ज़िल्लालाई आकर्षणको केन्द्र बनाउन सकीन्छ।

यसो हुन सकेमा पाल्पा ज़िल्ला केवल Transit point मात्र नभइ  बुद्व दर्शन अध्ययन को हिसाबले पनी रोजाईमा पर्न सक्छ।इतिहासलाई रोचक कथा बनाइ पर्यटकका माँझ पस्कन सक्नु पर्यटनको अर्कों रोचक पक्ष हो जसलाई Story telling  भनिन्छ। यस सन्धर्वमा पाल्पा ज़िल्लाका हरेक इतिहासहरू महत्वपूर्ण छन।त्यसमध्ये सेनक़ालीन इतिहासमा मणिमुकुन्द सेन को इतिहास पाल्पा ज़िल्ला ले संरक्षण गर्नु पर्ने खालको देखीन्छ।यस अर्थमा की ऊनी आफ्नो राज्य को साम्राज्य फैलाऊँन र क़ायम राख्न सक्ने प्रशासकका रूपमा परिचित छन।मणिमुकुन्द सेनको समयमा पाल्पा राज्य उत्तरमा मुक्तिनाथ ,पूर्वमा मोरङ र दक्षिणमा भारतको सिमावर्ति क्षेत्र सम्मको भूगोल पाल्पा राज्य थियो भन्ने बलिया प्रमाण हरू बीधमान छन।

नेपाल एकीकरणको समयमा पाल्पा एक शक्तिशाली राज्य भएकोले यस राज्य संग लड़ाई र बल प्रयोगद्वारा बिजय निस्चित नहुने कारणले बैवाहिक़ सम्बन्ध क़ायम गरी मित्रतापूर्ण ब्यावहार प्रयोग गरी पाल्पा राज्य लाई एकीकरण गरेका महत्वपूर्ण इतिहाँसहरूलाई उजागर गरी बृत्तचित्र निर्माण गरी पाल्पाको पर्यटनको इतिहाससंग ज़ोड़न सकेमा मात्र पाल्पा ज़िल्ला लाई दिइएका बिभूषित नामहरू सामरिक र ऐतिहासिक महत्वको ज़िल्ला ,काठमाण्डूको भाई,पहाड़की रानी ,समग्र नेपालको झल्को दिने खुल्ला संघ्राहालय ,आदि नामहरूको सार्थकता रहनेछ।

बिजय र बीरताको थप गर्विलो इतिहास बोकेको नेपाल अंग्रेज़ युद्व Anglo war का साहसी युद्वकौसल २० बर्षे कमाण्डर उजिरसिंह थापाको युद्व कौशलता र समग्र पाल्पाली को त्याग को कारण अंग्रेज़ कमाण्डर जनरल वुड लाई घुडा टेकाउन सफल भइ पाल्पा गौडाको सम्पूर्ण भूमि आफ्नो अधिनमा लीइ बिजय प्राप्ति को इतिहास हरूलाइ २०० बर्ष भन्दा बढी सिंदूर यात्रा मनाई सकेका चाखलाग्दा बिषय हरूको Intersting story बनाई पाल्पा को पर्यटन संग जोड्न सकेमा पाल्पा को Rich history को सम्मान तथा पर्यटकिय पाल्पा ज़िल्ला को सार्थकता रहनेछ।

जय पर्यटन।।

बसन्त पन्चमी

२०७८/१०/२३

केन्द्रीय उपाध्यक्ष

HOSAN (Homestay Association of Nepal)

Comments
Loading...