पाल्पा जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन

0 240

पाल्पा । पाल्पा जिल्ला स्तरीय मानवअधिकार रक्षक सञ्जालको गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको कार्यालयको आयोजनामा पाल्पा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको हो ।

जिल्लाका बिभिन्न मानव अधिकारका क्षेत्रका सवालहरुमा वकालत तथा पैरवी गर्ने र पीडित पक्षलाई न्याय दिलाउने र पीडकलाई कारवाहीको दायरा सम्म पु¥याउन पहल गर्ने उदेश्यले मानवअधिकार एलाइन्सका पाल्पा जिल्ला अध्यक्ष भगवान भण्डारीको संयोजकत्वमा सञ्जाल समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा नेपाल बार एसोसिएसनका केन्द्रीय पार्षद गिता शर्मा रहेकी छन् । त्यस्तै सदस्यहरुमा किरण कौशल, ठाकुर लोहागुन, मिलन बिश्वकर्मा, जीवलाल बस्याल, तुल्सी गैरे, तुल्सी पृथी, नारायण न्यौपाने, नेत्र गैरे, दयाराज न्यौपाने, बिनोद भारती र अनिता खनाल सदस्यको रुपमा रहेका छन् । त्यस्तै सल्ललाहरको रुपमा बरिष्ठ पत्रकार मेघराज शर्मा, बाल संगठन पाल्पाका अध्यक्ष सोमनाथ अर्याल, बार एसोसियसनका पुर्व अध्यक्ष जोगलाल बिक, मानवअधिकारकर्मी पुष्करराज रेग्मी र गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सिना र सदस्य सचिवमा इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना रहेका छन् ।

सञ्जाल गठन कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, मानवअधिकारकर्मी पुष्करराज रेग्मी, ठाकुर लोहागुन, पत्रकार महासंघका सचिव किरण कौशल लगायतले मानवअधिकार ले जिल्लाका मानवअधिकार अधिकार सवालहरुमा मानवअधिकारकर्मीहरुको उचित ध्यान जानुपर्ने बताए ।

जिल्लाका मानव अधिकार, नागरिक समाज तथा संचार क्षेत्रमा क्रियाशील ब्यक्तिहरुको सहभागितामा गठन गरिएको उक्त सञ्जालको पहिलो बैठकले जिल्लाका मानवअधिकार सवालहरुमा सम्वन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले हाल स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत जिल्लाका दुई ठुला अस्पतालहरु युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराउन बिरामी आउनुपुर्व जिल्ला अस्पतालको रेफर लेटर अनिवार्य बनाइएको र यो प्रक्रियाले बिरामीहरु रेफरकै लागि दिनभर जिल्ला अस्पतालमै लाइनमा बस्नु परेको र बिरामीलाई धेरै सास्ती भएको भन्दै यसअघि कायम रहँदै आएको बिरामी सिधै अस्पताल जान पाउने ब्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

Comments
Loading...