पाल्पा पर्यटनः अव कुरा हैन काम गरौं

0 89

यज्ञमूर्ति तिमिल्सिना
नेपाल पर्यटन वर्ष २०२० सुरू हुन अव केही दिन मात्रै बाँकी छ । यसको चहलपहल देशभरिमै जति हुनुपर्ने हो हुन सकेको देखिदैन । यो अवधिमा २० लाख बिदेशी पर्यटक नेपाल भित्र्याउने जुन महत्वाकांक्षी योजना छ त्यति गतिको तयारी भएको पाइदैन । हुन त अहिले पनि बार्षिक १५ लाख हाराहारी पर्यटक नेपाल भित्रिएको अनुमान छ । यही बर्ष ५ लाख थप पर्यटक बढाउनु खासै चुनौतीको बिषय त होइन तर तयारी बिनाको घोषणाले महत्वाकांक्षी योजना पूरा हुन अप्ठेरो पर्न सक्छ ।

पर्यटन वर्षले नेपालको पर्यटन क्षेत्रका लागि सन् २०२० अवधिका लागि मात्रै हैन पछिसम्म पनि लाभ पु¥याउछ । यो अवधिमा नेपाल आएका पर्यटकले आफ्नो देश फर्केपछि नेपालको बर्णन गर्छन् उनीहरुबाट नेपालको चर्चा सुनेकाहरु पछिसम्म पनि नेपाल आइरहन्छन् । अर्कोतर्फ यो अवधिमा राम्रो आतिथ्य पाएभने ती पर्यटक फेरि फेरि पनि नेपाल आइहाल्छन् । यसर्थ पर्यटन बर्षको तयारी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सहित सरोकारवालहरु पर्यटन ब्यवसायीहरू र समग्र नेपालीहरुले नै गर्नु आवश्यक छ ।

चर्चा प्रदेश ५ को
यो अवधिमा काठ्माण्डौ ओर्लिएका धेरै पर्यटक प्रदेश ५ का बिभिन्न पर्यटकीय गन्तब्यहरुमा आइपुग्छन् । यस मध्येको लुम्बिनी एउटा महत्वपूर्ण पर्यटकीय गन्तब्य हो । लुम्बिी आइपुगेका पर्यटकहरुलाई लुम्बिनीबाट सिधै फर्काउने भन्दा पनि प्रदेशका अन्य महत्वपुर्ण जिल्ला र पर्यटकीय स्थलहरुमा पु¥याउने गरि योजना बन्नुपर्छ । त्यसका लागि प्रदेशभित्रका महत्वपूर्ण गन्तब्यहरुको महत्व सहितका तस्बिरहरू काठ्माण्डौका महत्वपुर्ण स्थानहरुमा फ्ल्यास प्रिन्ट बनाएर राख्न सकिन्छ । ताकि पर्यटकहरुलाई एक पटक त्यहा पुगौं पुगौ भन्ने महसुस हुन सकोस् ।

त्यस्तै प्रदेशका सबै जिल्ला र पर्यटकीय गन्तब्यहरुसित प्रत्यक्ष सञ्चार हुने गरि प्रदेश स्तरीय सूचना केन्द्र बनाउन सकिन्छ । यो केन्द्रमा आइपुगेका पर्यटकलाई कम्तीमा सामान्य स्वागत गर्दै प्रदेश भित्रका महत्वपूर्ण स्थलहरुको बारे जानकारी गराउन सकियोस् । त्यस्तै प्रदेश भित्रका सबै पत्रपत्रिका, रेडियो, टिभि, अनलाइनहरुमा समेत प्रदेशको पर्यटन सम्भावनाबारे प्रचार गर्न सकिन्छ । यसको जिम्मेवारी खासगरि प्रदेश स्तरीय बन बातावरण तथा पर्यटन मन्त्रालयले लिनुपर्छ । पर्यटन सूचना केन्द्र वा जानकारी कक्ष पनि यही मन्त्रालयसगै राख्ने र पर्यटनमा बिशेष दख्खल राख्ने कर्मचारीलाई यसको जिम्मेवारी दिनुपर्छ ।

पाल्पामा के गर्ने ?
पाल्पा प्रदेश नं. ५ को प्रमुख पर्यटकीय गन्तब्य हो । र यहाको सम्भावना पनि उत्तिकै छ । तर जति ब्यवस्थापन र पर्यटक ल्याउन पहल हुनुपर्ने त्यो हुन नसकेको स्वभाविकै हो । तानसेन मात्रै नभएर जिल्लाका सबै स्थानीय तहहरू पर्यटकीय हिसावले उत्तिकै महत्वपुर्ण छन् । अहिले पनि पाल्पामा पर्यटक नआएका होइनन् । तर पर्यटक तानसेन आउछन् तानसेन हेर्छन् र फर्कन्छन् । कोही कतायक रानीमहल पुगेका छन् । बगनास, भैरवस्थानसम्म केही पर्यटक पुगेपनि अन्यत्रका स्थानमा बिदेशी पर्यटकहरू कम मात्रै पुगेका छन् । केही दिनको अवलोकन भ्रमणमा निस्केका स्वदेशी पर्यटकहरु त अझै सबै जसो तानसेन हेरेर फर्कन्छन् । कतायक मात्रै श्रीनगर र रानीमहल पुग्छन् । यसको खास कारण तानसेन बाहेक अन्य स्थानका पर्यटकीय स्थलहरुको चर्चा र प्रचार कम हुनु हो, स्थानीय सरकार र स्थानीय समुदायको यसमा खास चासो नहुनु हो । यी लगायत अन्य धेरै कारणहरू छन् । पाल्पाको पर्यटन भन्नेबित्तिकै ढाका, करुवा, पाल्पा दरबार, श्रीनगर, रानीमहल मात्रै भन्ने जुन बुझाई बाहिर गएको छ यसलाई चिर्दै पाल्पामा अन्य महत्वपूर्ण पर्यटकीय गन्तब्यहरू पनि छन् भन्ने जानकारी गराउनु पनि आवश्यक छ ।

होटल तथा होम स्टेसितको सहकार्य
हुन त पाल्पा आउने पर्यटक बाह्य भन्दा आन्तरिक नै बढी छन् । शैक्षिक भ्रमण, महिला समूह भ्रमण, सहकारी भ्रमण, जेष्ठ नागरिक भ्रमण तानसेनमा बढी आउँछन् । तर त्यसको लाभ तानसेनले खास लिनै सकेको छैन भन्दा हुन्छ । बिहान तानसेन आएको पर्यटक बस साझ बास बस्न कि बुटवल झर्छ कि पोखरा तर्फ लाग्छ । यसका धेरै कारण होलान् त्यसमध्येको सबैभन्दा ठूलो कारण यहाको होटल तथा आवासिय क्षेत्रको अव्यवस्थापन नै हो । तानसेनमा पर्यटक स्तरका होटल पनि थुप्रै होटल खुलेका छन् तर उनीहरुले पर्यटक रिझाउन जानेकै छैनन् ।

पर्यटकहरुकै गुनासोका आधारमा भन्ने हो भने तानसेनका होटल पोखरा वा नेपालका अन्य स्थानका भन्दा धेरै महंगा छन् । पोखरामा मजाले १ हजारमा राम्रा र भने जस्ता कोठा पाइन्छन् तर यहा त्यस्तै कोठाको रेट २ हजार रुपैयासम्म छ । अर्कोतर्फ होटलधनीहरुले पानी छैन । नुहाउन पाइदैन, लुगा धुन पाइदैन भनेर कच कच गरिरहन्छन् भन्ने पनि गुनासो छ । पैसा पनि धेरै तिर्नुपर्ने पानी पनि पर्याप्त नपाएपछि कसरी बसुन् त पर्यटक ? अन्य जिल्लामा होटल धनीले पर्यटकको भावना बुझ्छन् र सेवा गर्छन् तर हाम्रो जिल्लामा पर्यटकले होटल धनीको भावना बुझ्नुपर्छ र सेवा लिनुपर्छ अनि कसरी हुन् त होटलहरू भरिभराउ । मेरो चिन्ता होटल चलेनन् भन्ने होइन । चिन्ता त त्यो हो सही ब्यवस्थापन नहुदा हामीकहा आएका पर्यटक बास बस्न अन्तै गए । होटल नचलेको हैन पर्यटन नचलेको हो भन्ने हो । यसबारे गहन छलफलको खाँचो छ ।

अहिले तानसेनमा केही होम स्टेहरू पनि चलेका छन् । यी होम स्टेहरुमा पर्यटकको आकर्षण बढी देखिन्छ । होम स्टेमा स्वदेशी भन्दा बिदेशी पर्यटक नै बढी आउने गरेका छन् । यसकारण यो अवधिमा होटल र होम स्टेहरुसित समन्वय गर्दै राम्रो स्वागत र बसाइको बातावरण मिलाउनुपर्छ । पोखरामा प्रदेश स्तरीय पर्यटन मन्त्रालयसितको सहकार्यमा यो अवधिमा पोखरा पुग्ने र बास बस्ने पर्यटकले बिशेष छुट पाउने गरि ब्यवस्था मिलाइएको छ । पाल्पामा पनि त्यस्तै खालको छुट वा पर्यटक प्याकेज बनाउनुपर्छ । होटलको कोठा, खाना खाजाको दररेटमा उचित मूल्य कायम गरिनुपर्छ । १ हप्तामा १ दिन बा“स बस्ने गरि पुगेको पर्यटकले एक हप्ताभरि नखुलेको कोठा बरावरको मूल्य एक रात बा“स बसेर तिर्न नपरोस् । यसमा स्थानीय सरकारको समन्वयमा उद्योग बाणिज्य संघ, पाल्पा ब्यापार संघको सहकार्यमा होटल र होमस्टे संचालकहरुसित लिखित प्रतिबद्धता आवश्यक छ ।

पर्यटन बर्षलाई कसरी भित्र्याउन सकिन्छ ?
हुन त हामीले पाल्पा समाचारपत्रको अघिल्लो अंकको सम्पादकीय पनि यसै बिषयमा केन्द्रीत गरेका थियौं । पाल्पामा पर्यटन बर्षको तयारी भएकै छैन भन्दा हुन्छ । तर अव तयारी छैन भनेर बस्ने बेला होइन । यो हाम्रा लागि पनि एउटा उत्सव हो । उत्सवकै रुपमा पर्यटन वर्षको स्वागत गरिनुपर्छ । तानसेन नगरपालिका, नगरभित्रको पर्यटन समितिसितको सहकार्यमा जिल्लाका सबै स्थानीय तहहरुले एक साथ संयुक्त रुपमा तानसेन टुँडिखेलबाट पर्यटन वर्षको स्वागत, बिदेशी पाहुनाको स्वागत आरम्भ गरिनुपर्छ । कार्यक्रममा पाल्पाको पर्यटकीय महत्वसगै यहाको भाषा, कला, संस्कृतिको गहिरो परिचय गराउन सकिन्छ । नेपालमा भन्दा बढी बिदेशमा रहेका नेपालीहरुले पर्यटन बर्षबारे बढी चासो दिएका छन् । बिभिन्न देशमा रहेका पाल्पाली सेवा समाज र पाल्पा सम्पर्क समितिले पनि नेपाल भ्रमण बर्ष, पाल्पा पर्यटनबारे कार्यक्रम गरिरहेका छन् । यस्ता समितिहरुसित समेत सहकार्य गर्दै कार्यक्रमहरु अगाडि बढाउनुपर्छ । नेपालमा पनि पोखरा पाल्पा सम्पर्क समाजले पोखरामा पाल्पाको पर्यटन प्रवर्धनका लागि धेरै योजना बनाएको छ । सबै जसो जिल्लामा पाल्पा सित जोडिएका समितिहरु छन् । ती समितिहरुसित पनि यो अवधिमा राम्रो गरि नै सहकार्य गर्न सकिन्छ ।

पर्यटन वर्षको अर्थ आफ्नो क्षेत्रको प्रचार पनि हो । यसर्थ पाल्पाको पर्यटन झल्किने स्टीकर, ब्यानर, पोष्टर लामो तथा छोटो दुरीका गाडी, काठ्माण्डौ, पोखरा, लुम्बिनी सहित अन्य पर्यटकीय स्थलहरुमा राख्न सकिन्छ । त्यस्तै स्थानीय संचारमाध्यमहरुको उच्च प्रयोग यो अवधिमा गर्न सकिन्छ । पर्यटकीय गन्तब्यहरुको आलेख तथा भिडियो बनाई नेपालीमा मात्रै नभई अंग्रेजी भाषामा समेत अनुवाद गरि वेभसाइट, रेडियो, पत्रपत्रिका, टिभीहरु मार्फत प्रचार प्रसार गराउन सकिन्छ । सबै स्थानीय तहमा पर्यटन क्षेत्रमा बिनियोजन भएका रकम तालिम र अन्र्तक्रियामै सकिएका छन् । त्यसको केही प्रतिशत मात्रै पनि रकम प्रचार प्रसारमा प्रयोग गर्दा थप प्रभावकारी हुन सक्छ । अर्को तर्फ सबै स्थानीय तहहरुका आफ्नै पनि वेभसाइट छन् । ती वेभसाइटहरू पनि पर्यटन बर्ष केन्दीत बनाउन सकिन्छ । बेभसाइटमा भएका बिषयहरुलाई फेसबुक, टुइटरका माध्यमबाट अझ धेरै पाठकसम्म पु¥याउन सकिन्छ । पर्यटन बर्ष अवधिमा तानसेन वा पायक पर्ने स्थानमा पाल्पा पर्यटन महोत्सव गर्न सकिन्छ । यसले पनि थप सहयोग पु¥याउछ ।

यसर्थ पाल्पा पाल्पा पर्यटन पर्यटन हामीले धेरै पटक भनिसेका छौं । पाल्पा र पर्यटनसित जोडेर धेरै उपमा र नाराहरु बनेका छन् तर ब्यबहारमा खास काम हुन सकेको छैन । यो २०२० को अवधि कुरा गर्ने काम नगर्ने, बजेट बिनियोजन गर्ने सही ठाउमा प्रयोग नगर्ने गरि होइन बरु नारा चाहिदैन, बरु बजेट चाहिदैन तर काम गरौं । यो बर्षको मेहनतले पाल्पाको पर्यटन ब्रान्ड जीवन्त हुन सकोस् । फेरि पर्यटन बोलाइरहन नपरोस् पाल्पा सम्झेर पर्यटक आइरहने बातावरण बनोस् । सबै मिलौ पर्यटन बर्ष सफल परौं र पाल्पाको पर्यटकीय महत्वलाई पनि अगाडि बढाऔं भन्नेमा सबै प्रतिबद्ध हुनैपर्छ ।

Comments
Loading...