पाल्पा बुटवल सडक आजबाट दुई रात बन्द हुने

0 611

पाल्पा । पाल्पा बुटवल सडक दुई रात बन्द गरिने भएको छ । तानसेन नगरपालिका–८, डुम्रेमा खसेको पहिरो हटाउन दुई रात साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द गरिने भएको हो । सिद्धार्थ राजमार्ग आज (बिहीबार) साँझ ७ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि अर्काे दिन बिहान ५ बजेसम्म बाटोको पहिरो हटाउन बाटो बन्द गर्न लागिएको बताइएको छ ।

दुइ रात एम्बुलेन्स बाहेक अन्य सवारीसाधन संचालनमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसै साता परेको अविरल बर्षाका कारण डुम्रेमा ठुलो पहिरो गएको छ । घर बस्ती समेत जोखिममा परेका छन् । यो बाटो सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय पाल्पाले युद्धस्तरमा नभएको भन्दै आलोचना समेत भएको थियो ।

तस्बिर गुगल

Comments
Loading...