पाल्पा भैरवनाथ मन्दिरको जीर्णोद्धारको काम सुरु

0 335

पाल्पा । जिल्लाको प्रशिद्ध धार्मिक स्थल पाल्पा भैरव मन्दिरको जीर्णोद्धार तथा पुर्ननिर्माणको काम सुरु भएको छ । रिब्दीकोट गाउपालिका–४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार कार्य मंगलबारबाट शुरु गरिएको भैरवनाथ मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताए ।

मंगलबार बिहान मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मन्दिरको मूल गजुरलाई हटाएर पुनःनिर्माणको काम सुरु गरिएको उनले बताए । क्षमापुजामा जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित सुरक्षाका सबै निकायका प्रमुख, मालपोत तथा गुठी सस्थानका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधि धार्मिक व्यक्तित्व, संचारकर्मी तथा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय २८ रुपैंया“को लागतमा मन्दिर पुनः निर्माणको ठेक्का सम्झौता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताए ।

आगामी बैशाख मसान्त भित्रै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको भएपनि पुननिर्माणको समयमा दर्शनार्थीका लागि वैकल्पिक तरिका मार्फत दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले बताए । पाल्पा गौंडाका तत्कालिन गर्भनर मणिमुकुन्द सेनले उक्त मन्दिरको निर्माण कार्य सुरु गरेका थिए । मन्दिर परिसरमा भित्रबाट फलाम र बाहिर सुनको जलप भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो त्रिशुल राखिएको छ । मन्दिर परिसरमा रहेको उक्त त्रिशुल अगाडि उभिएर तस्विर खिचाउनकै लागि पाल्पा पुग्ने अधिकांश पर्यटकहरू भैरवस्थान पुग्ने गरेका छन् ।

मन्दिर भित्र मुढाको धुनी र बत्ती निरन्तर बलिहन्छ । भैरवस्थान मन्दिरभित्र बलेको बत्तीका कारण पनि यो मन्दिरको थप महत्व बढेको हो । मन्दिर भित्र बत्ती बलिरहन्छ कारणबश बत्ती निभ्यो भने धुनीको आगो लगेर बाल्ने र धुनी निभ्यो भने बत्तीको आगो ल्याएर बाल्ने प्रचलन रहिआएको छ । स्थानीय समुदायको सक्रियतामा समिति गठन गरि भैरवस्थानमा आन्तरिक तथा बाह्य पर्यटक एवम् दर्शनार्थी भित्र्याउने अभियानमा लागि परेका छन् ।

मन्दिर परिसरको बाटो खन्ने, बगैचा तयार गर्ने, सार्वजनिक सौचालय बनाउने लगायतका कामहरु यसअघि नै सम्पन्न भएका छन् । मन्दिर परिसरमा सिसि क्यामेरा समेत जडान गरिएके छ । पाल्पा सहित बिभिन्न जिल्ला र भारतका मानिसहरु समेत यहा दर्शनार्थीको रुपमा आउने गर्दछन् । भैरवनाथलाई मनोकांक्षा पुरा भएपछि भाकल अनुसार चामलको पिठो र घ्यूबाट बनेका माना पाथीका रोटसगै त्रिशुल,ध्वजा र बली पनि दिने चलन रहेको छ । बाह्रै महिना दशनार्थीको भिड लाग्ने मन्दिरको रुपमा यो मन्दिरपरिचित छ ।

Comments
Loading...