पाल्पा महोत्सवको तयारी तीव्र

0 72

पाल्पा । फागुन ३ देखि २२ गतेसम्म जिल्ला सदरमुकाम तानसेनको टुँडिखेलमा आयोजना हुने महोत्सवको तयारी तिव्र रुपमा भैरहेको छ । १२ औं संस्करणको रुपमा हुन लागेको प्रदेश स्तरीय महोत्सवको तयारीलाई तिव्रता दिईएको हो ।
महोत्सव तयारीका लागि संघले टुँडिखेल मैदानमा स्टल निर्माण कार्य सकेको छ । बालउद्यानका सामाग्रीहरुको व्यवस्थापन गरिरहेको छ । विरेन्द्रपार्क फुलबारीलाई हराभरा बनाउने र सफा गर्ने कार्य सकिएको छ । स्टल व्यवस्थापन समितिका संयोजक गोविन्द सिंह कार्कीले महोत्सवका लागि ४ सय स्टल दर्ता भैसकेको बताए ।

कृषि, शिक्षा, स्वास्थ्य, व्यापार तथा पर्यटनलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको संयोजक मोहनप्रसाद श्रेष्ठले बताए । उनी भन्छन्, ‘महोत्सवले जिल्लाकोमात्र नभएर समग्र प्रदेशकै प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । महोत्सवमा झण्डै दश करोडको कारोबार हुने र तीन लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।’ महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका साथै धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो ग्यालरी र स्वरुप प्रर्दशनी रहनेछन् । महोत्सवमा स्थानीय कलाकारका साथै स्थानिय सँस्कृति जस्तै वालन नाच, घाटु नाच, लाखेनाच प्रदर्शन हुनेछ । बालउद्यान, बैंक तथा वित्तिय संस्थाहरु, अटो मोबाइल्सका स्टल र नेवारी तथा मगरी खानाका परिकारहरु समेत रहने महोत्सवमा राखिने भएको छ ।

महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसँगै विभिन्न प्रतियोगिता र विभिन्न कलासंस्कृती प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । सो अवसरमा खुला तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना पनि गरिने भएको छ । महोत्सव तयारीका लागि मूल आयोजक समितिले जिल्लाका सरोकारवालाहरुसँग छलफल गरि महोत्सव सञ्चालनका सम्बन्धमा सुझाव समेत संकलन गरेको छ ।

Comments
Loading...