पाल्पा महोत्सवमा शुक्रवार बाल कलाकार कमला घिमिरे आउने

0 217

पाल्पा । पाल्पा महोत्सवमा नबौँ दिन अर्थात फागुन ९ गते चर्चित बालकलाकार कमला घिमिरे आउने भएकी छिन् । विभिन्न सामाजिक संजाल तथा नेपाल लोकसंगीत क्षेत्रमा चिर्चित बनेको घिमिरेको भोलि दमकडामा प्रस्तुती रहने मेला आयोजकले जनाएको छ ।

पाल्पा व्यापार संघको आयोजनामा भईरहेको महोत्सवमा अहिलेसम्म पाल्पाका विभिन्न कला केन्द्रहरुको प्रस्तुती भईरहेको छ । यस्तै चर्चित लोकदोहोरी गायक, गायिका, पाल्पाका दश स्थानीय तहमा चर्चित कडुवा, झाम्रे, जीबैमामा, ख्याली, भजन, लाखे नाचको प्रस्तुती तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएको सांस्कृति उपसमितिका संयोजक थानेश्वर गैरेले जानकारी दिए ।

महोत्सवमा अहिलेसम्म ७० हजार दर्शकले अबलोकन गरेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं पाल्पा व्यापार संघका अध्यक्ष चिरन्जीवि पोखरेलले बताए । महोत्सवमा हालसम्म दर्शकको उत्साहजनक उपस्थिति रहेको उनले बताए । महोत्सवमा अहिलेसम्म झण्डै तीन करोडको कारोबार भएको छ । विभिन्न स्टल तथा बाल उद्यान, होटल तथा रेष्टुरेन्ट, बुहराष्ट्रिय कम्पनी तथा राष्ट्रिय कम्पनीमा सामग्री गरी दुई करोड ८५ लाखको कारोबार भएको स्टल संयोजक कमल ढकालले जानकारी दिए ।

महोत्सवमा पाल्पाका दश स्थानीय तहका पर्यटन र कृषिका स्टलहरुलाई प्राथमिकता दिइएको छ । यस्तै पाल्पाका साना तथा घरेलु उद्योगबाट उत्पादित बस्तुका समेत स्टल रहेका छन् ।

Comments
Loading...