पाल्पा २ मा एमालेबाट ठाकुर गैरेको नाम एकल सिफारिस

0 253

पाल्पा । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले पाल्पाले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका पोलिट्व्युरो सदस्य ठाकुर गैरेलाई उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीको बैठकले नेता गैरेलाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

सिफारिस भएको नाम जिल्ला कमिटीको बैठकमा पेश गरिने छ । बगनासकाली ८ मा जन्मनुभएका नेता गैरे, विद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो । नेता गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै अहिले नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज रहेर राजनीतिमा क्रियाशील रहनुभएको छ ।

Comments
Loading...