पिपर्दी लाँबे झोलुङ्गे पुल शिलान्यास भयो

0 275

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटको पिपर्दी र लाँबे गाउँ जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पुलको शिलान्यास गरे ।

नेपाल सरकार तथा रम्भा गाउँपालिकाको संयुक्त लगानीबाट करिब २५ लाख रुपियामा पुल निर्माण हुन लागेको हो । फोक्सिङ्गकोटको लाँबे र पिपर्दी जोड्ने पुल बने पछि स्थानीयलाई वडा कार्यालय, स्वास्थ्य चौकी, महेन्द्र आधारभूत विद्यालय आउन जान सजिलो हुने प्रमुख अतिथि रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

पुल बनेपछि वर्षातको समयमा खेतबारी, वनजंगलमा घासपात गर्न सजिलो हुने २ नं वडाका वडा अध्यक्ष उमानसिं सारुले बताए । शिलान्यास कार्यक्रममा इन्दे्रणी समाज केन्द्र नेपालका प्राविधिक यम राना, सामाजिक परिचालक तीर्थ वयम्बु, वडा सदस्य दुर्गाबहादुर थापा लगायतले स्थानीयको लागि बन्न लागेको पुल निर्माणमा स्थानीयको उत्साहजनक सकारात्मक भूमिका हुनुपर्ने बताए । ७१ मिटर लामो र ११० सेन्टिमिटर फराकिलो झोलोङ्गे पुल निर्माण कार्य इन्द्रेणी समाज केन्द्र नेपालको प्राविधिक सहयोगमा हुने वडा सदस्य दुर्गा थापाले बताए । कार्यक्रम पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर फालको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...