पुकार ओभरसिजद्वारा चेतनामूलक अभियान सहित मास्क बितरण

0 209

बुटवल । पुकार इन्टरनेसनल ओभरसिजका बुटवल शाखाले बिश्वभर फैलदै गरेको कोरोना भारइरसबाट बच्ने उपायको जनचेतनामूलक कार्यक्रम सहित ३ सय थान मास्क बुटवल पुष्पलाल पार्कमा बितरण गरेको छ ।


ओभरसिजका म्यानेजर डाइरेक्टर नगेन्द्र प्रसाद पोखरेलको ४१ औ जन्मदिनको अवसरमा शुभकामना साथै सुस्वास्थ्यको कामना सहित पुकार इन्टरनेसनल ओभरसिज बुटवल शाखाका प्रमुख हरि गैरे बिश्वास, उपप्रमुख गणेश तिमिल्सिना सहित नेपाल प्रहरीको सहभागितामा चेतनामूलक अभियान साथै मास्क बितरण थियो ।


कार्यक्रममा सहभागी बटुवाहरुले ओभरसिजले आफ्नो तर्फबाट सानै भएपनि प्रयास गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनीहरुले सबैले यसै गरि आआफ्नो तर्फबाट सक्दो चेतनामूलक अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।

Comments
Loading...