पुन हत्याको विरोधमा तरुणदल पाल्पाले बुझायो ज्ञापनपत्र

0 98

पाल्पा । नेपाल तरुणदल रोल्पाका नगर अध्यक्ष रोहित पुनको गोली हानि हत्या गरेको विरोधमा नेपाल तरुणदल पाल्पाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । तरुणदल पाल्पाले प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाललाई ज्ञापन पत्र बुझाएको हो ।

तरुणदलका सभापति मेजर सिंह केशीले अधिनायकवादी कम्युनिष्ट सरकारले अधिनायक चरित्र देखाएको भन्दै घोरभत्र्सना गरेका छन् । पटक पटक अधिनायकवादी सरकारले तरुणदल माथी हुने गरेको आक्रमण प्रति गम्भिर नभएको आरोप लगाउदै यस्ता घट्नाहरु दोहोरीएमा नेपाल तरुणदल चुप लागेर नबस्ने चेतावनी दिए । भाद्र २४गते रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता देव घर्ति लगाएतका हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगरका सभापति पुन माथि निर्मम तरिकाले गोली प्रहार गरी हत्या गरिएको घटनाको सत्यतथ्य छानविन तथा दोषि माथि कडा कारवाही गरी पिडित परिवारलाई राहत प्रदान गर्न सरकार संग नेपाल तरुण दल पाल्पाले जोड दार माग गर्दछ , ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

पुन लाई तत्काल शहिद घोषण गरी पिडित परिवारलाई राहत प्रदान गर्न पनि सरकार संँग तरुणदललले माग गरेको छ । कम्युनिष्ट सरकारको आडमा सत्ताधारी पार्टीका कार्यकर्ताले कानुन आफ्नो हातमा ल्याएर अपराधिक र आतंकाकारी शैलीमा गरिएको यो जघन्य हत्याको विरोधमा नेपाल तरुणदल पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खनालले तरुदलको मागलाई तत्कालै नेपाल सरकार समक्ष पु¥याउने बताए ।

Comments
Loading...