पुरुषोत्तम र शर्मिलाले गाए आमालाई रुवाउने गीत (भिडियो सहित)

0 25

पाल्पा । नजिकिदै गरेको नेपालीहरुको महानपर्व बडा दशैलाई लक्षित गरि लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरे र बिराज बस्यालले संयुक्त रुपमा प्रदेशीलाई धन ठुलो नामक गीत बजारमा ल्याएका छन् ।

शुभतारा म्युजिक प्रालिको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा चर्चित लोक गायक पुरुषोत्तम गैरे र गायिका शर्मिला गुरुङको स्वर रहेको छ । गीतमा शब्द बिराज बस्याल र लय पुरुषोत्तम गैरे र बिराज बस्यालको रहेको छ ।

उक्त गीतको भिडियोमा छायांकन, निर्देशन र सम्पादन बिष्णु भट्टराईको रहेको छ । यो गीतले केही दिनमै युट्युवामा राम्रो चर्चा पाएको छ ।
गीत मार्फत प्रदेश गएको छोरो दशैमा पनि आउन नपाएको बिलौना पोखिएको छ । यसकारण पनि दर्शक श्रोताले यो गीतलाई औधी मन पराएका छन् । पाल्पामा जन्मेका गायक गैरेले पछिल्लो समय दर्शक श्रोताको मन जित्ने गीतहरु बजारमा ल्याएर आफुलाई एक अब्बल कलाकारको रुपमा परिचय गराएका छन् ।
भिडियोका लागि तलको लिंकमा सेयर गर्नुहोस् ।

Comments
Loading...