पुर्वखोलामा आधारभुत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

0 97

डिल्लीराज पंगेनी । पुर्वखोला (पाल्पा)
पुर्वखोला शिक्षा शाखाको स्रोत केन्द्र स्तरीय आधारभुत विद्यालयका विद्यार्थीहरु बिचको हाजिर जवाफ प्रतियोगिता उद्धबुद्ध मा. वि रिङ्नेरहमा सम्म्पन भएको छ ।

१५ विद्यालय सहभागी कार्यक्रममा उद्ध्बुद्ध मा.वि रिङ्नेरहका विद्यार्थी प्रथम, मातृभुमि मा.वि देविनगरका विद्यार्थी द्धितिय,सरस्वती मावि जल्पाका विद्यार्थी तृतीय भएका छन् । कार्यक्रममा प्रमुख अतिथि पुर्वखोला गाउंपालिका अध्यक्ष नुन बाहादुर थापाले यस्ता कार्यक्रमले विद्यार्थीहरुको बौद्धिक क्षमता बृद्धि हुने कुरामा जोड दिदै गाउंपालिका भित्रको यस्ता कार्यक्रमहरुले ज्ञान साटासाट हुने र क्षमता बृद्धि हुने कुरामा जोड दिए ।

कार्यक्रम स्रोत ब्यक्ति टेकबाहादुर खत्री मातृभुमि मा .वि का प्र.अ मेहरमान थापा लगायतले शुभकामना दिएका थिए । कार्यक्रम उद्धबुद्धका प्र.अ लोकहरि देकोटाको स्वागत र विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खुम बाहादुर पाटाको अध्यक्ष र शुसिल न्यौपाने र गणेश पौडेलको संचालनमा कार्यक्रम चलेको थियो ।

Comments
Loading...