पुर्वखोलामा प्लम्बिङ तालिम सुरु

0 184

पाल्पा । पुर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा शिव इन्स्टिच्युट अफ मल्टिटेक्निकल एजुकेशन प्रालीपाल्पाको प्राविधिक सहयोगमा ३९० घन्टे प्लम्बिङ तालिम उद्घाटन समारोह सम्पन्न भएको छ ।

देशमा व्यप्त बेरोजगारी समस्यालाइ समाधान गर्न गाउँपालिकाले युवाहरुलाई तालिम उपलब्ध गराएको हो कार्यक्रमगापाका अध्यक्ष नुन बहादुर थापाले कार्यक्रम उद्घाटन गर्दै स्थानीय सरकारले युवा स्वरोजगार बढाउन यस्ता सीप मुलक तालिम संचालन गरेको र नागरिकको पनि दायित्व रहेको बताए ।

गापा अध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा गापा उपाध्यक्ष भागिरथा भट्टराई,प्रमुख प्रसासकीय अधिकृत भेषराज पन्थ ले बोल्दै हामीले विदेशमा गएर तल्लो स्तरको काम गर्न भन्दा यहि स्वरोजगार हुन आग्रह गरे ।

गापा का वडा न. ३का अध्यक्ष निलकन्ठ भट्टराईको अध्यक्षतामा समपन्न कार्यक्रममा शिव इन्स्टिच्युट अफ मल्टिटेक्निकल एजुकेशन प्राली पाल्पाका प्रबन्ध निर्देशक कमल भट्टराईले संचालन गरेका थिए । पाल्पा जिल्लामा प्राविधिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल शिव इन्स्टिच्युट अफ मल्टि टेक्निकल एजुकेशन प्रा.ली.सक्रिय रहेको छ ।

Comments
Loading...