पुर्वखोलाले बाह्य जिल्लाबाट आउनेलाई क्वारेन्टाइनमा राख्न थाल्यो, २ जनाको रिपोर्ट नेगेटिभ

0 172

पाल्पा । जिल्लाको पुर्वखोला गाउँपालिकाले बाह्य जिल्लाबाट गाउँपालिका भित्रिने सबैलाई क्वारेन्टाइनमा राख्ने अभियान नै चलाएको छ ।

सोही अभियान अनुसार पोखराबाट आएका १० जनालाइ पूर्वखोला गाउँपालिका(२, जल्पास्थित क्वारेनटाइनमा राखिएको छ । पोखरामा मजदुरी गरिरहेका उनीहरू गाउँमा फर्किएपछि गाउँपालिकाले जल्पास्थित कमला प्राविमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।

पोखराबाट फर्केका १० जनालाइ पूर्वखोला गापाले कमला प्राविमा रहेको क्वारनटाइनमा राखेको वडा अध्यक्ष नीरबहादुर सारुले बताए । उनीहरुको स्वास्थ्य जाँच गरेको र सबैको अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । उनले उनीहरुको थर्मल गनको माध्यमबाट ज्वरो नापिएको र सबैको अवस्था ठिक रहेको बताए ।

यस्तै पूर्वखोला ६ हेक्लाङमा रहेका २ जानाको आरडिटि टेस्ट नेगेटिभ आएको ढकालले बताए । पूर्वखोला गाउँपालिकामा बाह्य जिल्लाबाट आउनेहरुलाइ गाउँपालिकाले क्वारन्टाइनमा राख्ने व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । पुर्वखोला गाउँपालिकाले कोरोना भाइरस फैलन नदिन बिभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Comments
Loading...