पूर्वखोलाको दोस्रो गाउँसभा सम्पन्न

0 96

डिल्लीराज पंगेनी । पूर्वखोला पाल्पा
पुर्वखोला गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले गाउँपालिकाले आन्तरिक आयलाई बढाउँदै गाउँपालिकाको विकासमा लगानी गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले सरकारले बिनियोजित गरेको रकमको समयमा नै काम सम्पन्न गरि परफारक गर्नुपर्ने बताए । गाउँ सभाले बिपद् व्यबस्थापन विशेष कोष संचालन कार्यविधि, मर्मत सम्भार बिशेष कोष संचालन कार्यबिधि फोहर मैला ब्यवस्थापन तथा सरसफाई कार्यबिधि पारित गरेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिरा मरासिनि, सदस्य ईश्वरी प्रसाद न्यौपाने प्रमुख जिल्ला ईन्जिनियर निर्मल प्याकुरेल, बरिष्ठ कार्यक्रम अधिकृत दुर्गाा बहादुर थापा, प्रवक्ता निर बहादुर सारू, वडा अध्यक्षहरू भोग बहादुर थापा , निलकण्ठ भट्टराई, रिम प्रसाद श्रेठ, धन बहादुर सिंजाली , मन बहादुर सारू सदस्य मेहर सिं थापा , स्वास्थ्य शाखा प्रमुख श्रीराज आचार्य, कृषि शाखा प्रमुख भगवती प्रसाद धोवी, पशुसेवा शाखाका मिन बहादुर कार्की , उद्धबूद कलेजका प्रमुख शुसिल न्यौपाने, लोकहरी देबकोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यसै पालिकाको उपाध्यक्ष भागिरथि भट्टराई को स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रम अध्यक्ष नुन बहादुर थापा को अध्यक्षतामा चलेको थियो । कार्यक्तमको संचालन प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पौडेलले गरेका थिए ।

Comments
Loading...