पूर्वखोलामा कम्प्युटर तालिम

23

पाल्पा । विद्यालयमा भएका कम्प्युटरहरु, शिक्षक आफैले मर्मत गर्न सक्षम गराउने उदेश्यका साथ पुर्वखोला गाउपालिकाका शिक्षकहरुलाई कम्प्युटर हार्डवेयरको तालिम सञ्चालन भएको छ ।

पुर्वखोला गाउपालिकाको आयोजना र एभरेष्ट कम्प्युटर एण्ड साईन्टिफिक नारायणस्थान, तानसेनको संयोजकत्वमा उद्धबुद्ध माध्यमिक विद्यालयमा एक औपचारिक समारोहका बिचमा कार्यक्रमको उद्घाटन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका सदस्य ईश्वरी प्रसाद न्यौपानेले विद्यालयका कम्प्यूटर शिक्षकको क्षमता विकासमा टेवा पु¥याउने यस्ता रचनात्मक कार्यक्रम आगामि दिनमा समेत आयोजना गर्न गाउँपालिकालाई सुझाव दिए । अतिथि पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्राविधिक सिप सहितको दक्ष जनसक्ति उत्पादन गर्ने उद्देश्यमा कार्यक्रमले एउटा ईटा थप हुने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा पूर्वखोला गाउँपालिकाका शिक्षा विभाग प्रमुख मणिप्रसाद खनालले विद्यालयमा बिग्रेर थन्केका कम्प्यूटर न्यून लगानिमा विद्यालयकै शिक्षकले मर्मत गर्न सक्ने हुन सक्ने बताए ।

कम्प्यूटर शिक्षकले नै विद्यालयमा प्राविधिको रुपमा कार्य गर्न नसक्दा सरकारको डिजिटल टेक्नोलोजि सहितको कक्षा व्यवस्थापन सामुदायिक विद्यालयलाई सेतो हात्ति पाल्न जस्तै भएको गुनासो विद्यालयले गरिरहेकोले आफ्नो सामाजिक सेवाको पक्षलाई उजागर गर्दै सो तालिम सञ्चालन गरिएको एभरेष्टका अध्यक्ष गुँरास आत्रेयले बताए ।

एभरेष्ट कम्प्यूटर पाल्पाका प्रबन्ध निर्देशक जिवन आचार्यको सञ्चालन, पूर्वखोला गाउँपालिकाका प्रबक्ता निरबहादुर सारुको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रम पूर्वखोला गाउँपालिकाको समााजिक विकास समितिका सम्योजक भोगबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Comments
Loading...