पूर्वखोलामा कोरोनाबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

0 214

बन्दना पोखरेल । (रामपुर) पाल्पा
पुर्बखोला गाउँपालिकाले कोरोना भाईरसबारे चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कोरोना अहिले विश्व भरि यस भाईरसको महामारीकै रुपमा फैलिएका बेला पूर्वखोला गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी संचालन गरेको हो । विरकोट स्वास्थ्य चौकीमा भएको गोष्ठीमा पूर्वखोलाका सवै स्वास्थ्य सस्थाका स्वास्थ्य कर्मीको उपस्थिति रहेको थियो ।


पुर्बखोला गा.पा. को आयोजनामा पु्र्बखोला ५बिरकोटको स्वास्थ्य चौकी भवनमा गा.पा.मा रहेका स्वास्थ्य चौकी प्रमुख ,स्वास्थ्यकर्मीहरुलाई कोरोनाको ईतिहास कोरोना सम्बन्धि बचने उपाय,लक्षण , रोकथाम,फैलिन नदिन अपनाउन सकिने उपायका बारेमा ,सम्पूर्ण जानकारी गराउदै सबै ब्यक्ति ,तौल,समाज,गाउँ ,गाउँमा यस सम्बन्धि जानकारी दिई चेतना दिन सवै स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले आग्रह गरे ।


कार्यक्रममा पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले कार्यक्रमको सहजिकरण गरेका थिए । सचेतना मुलक छलफलले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिनु पर्ने कृयाकलापका बारेमा स्वास्थ्य कर्मी हरुलाई जानकारी दिदै गाउँघर बस्ती सम्म यसको लक्षण रोकथाम र अपनाउनु पर्ने साबधानीका बारेमा सचेतना पु¥याउन समेत गाउँपालिका उपाध्यक्ष भागीरथि भट्टराईले सवै स्वास्थ्य कर्मीलाई आग्रह गरिन् ।

Comments
Loading...