पूर्वखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0 119

पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाको आर्थिक बर्ष २०७७,०७८ को प्रथम चौमासिक र २०७६,७७ को वार्षिक खर्च सार्वजनिकीकरण र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले प्रथम चौमासिक विवरण र वार्षिक कार्यक्रम खर्च विवरण सार्वजनिक गरेका थिए । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा र प्रश्नका बारेमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य ईश्वरी प्रसाद न्यौपाने र नेपाली कांग्रेसका प्रतिनिधि विष्णु आचार्यले गाउँपालिकाको समृद्धिका लागि सुझावहरु दिएका थिए । कार्यक्रममा उपाध्यक्ष भागीरथी शर्मा भट्टराईले स्वागत मन्तव्य र पाल्पा विकास केन्द्रका किरण कौशलको सहजीकरणमा सम्पन्न भएको थियो ।

Comments
Loading...