पूर्वखोला गाउँपालिका १ मा सिलुवामा नेकपा एमालेको प्यानलनै विजयी

0 531

पुर्वखोला गाउँपालिका वडा नं. १ सिलुवामा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेद्वार गिरीमान आलेले १४ सय ८८ मत ल्याई बिजय हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चुम बहादुर पुलामीले ४ सय ८६ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै वडासद्स्यमा नेकपा एमालेकै रितमान श्रेष्ठ , पूर्ण बहादुर गाहा, समुन्द्रा भारती , अस्मिता वि.क ले विजय हासिल गर्नु भएको छ । पालिका अध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिनु भएका नुन बहादुर थापाले १४ सय ४१ मत र गठबन्धन को तर्फ एसका मीन प्रसाद गीरीले चार सय एक र मंगोलका मोहन सिं सारुले ३ मत र जसपाक विपिन सारुले शून्य मत प्राप्त गर्नु भएको थियो ।

पालिका उपाअध्यक्षमा भने नेकपा एमाले बाट उम्मेदवारी दिनु भएको भागरथी भट्टराईले १४ सय ७७ मत ल्याउनु भएको छ भने गठबन्धनकी विष्णु माया आचार्यले ४ सय ८४ मत प्राप्त गर्नु भएको छ । हाल पूर्वखोला गाउँपालिका वडा न २ को मत गणना जारी रहेको छ ।

Comments
Loading...