पेट दुखेर अस्पताल आएकी गुल्मीकी लक्ष्मी अस्पतालको लापरबाहीले सदाका बिदा भइन्

0 246

पाल्पा । रेसुंगा नगरपालिका ८ खानीगाउँकी १७ वर्षीया लक्ष्मी रसाइलीलाई कात्तिक २३ गते शनिवार बिहानपख अलि अलि पेट दुख्यो । उनकी आमा रेश्मा रसाइलीले बिहान १० बजेतिर लक्ष्मीलाई लिएर नजिकको स्वास्थ्य संस्थामा लगिन् ।
स्वास्थ्यकर्मीले उनलाई एपेन्डिक्स भएको हुन सक्ने भन्दै थप उपचारका लागि पाल्पा ल्याउन सुझाव दिए । उनीहरुले तत्कालै उनलाई लुम्बिनी मेडिकल कलेजमा ल्याए । उनी लुम्बिनी मेडिकल कलेज आउँदा शनिवार साँझ परिसकेको थियो । अस्पताल आउदा पनि लक्ष्मीमा बिरामीको जस्तो कुनै पन देखिदैनथ्यो । बरु बाटोमा आफ्नी आमालाई गाडी लाग्दा उनले आफै आमाको स्याहार गरिन् । आउने दिन बाटै उनको उपचार सुरु भएपनि खास उपचार सुरु भने आइतवार बिहान भयो ।
आइतवार बिहानै डाक्टरको सल्लाह बमोजिम उनको उनको रगत, दिसा, पिसाव सबै जाच भयो । यी सबै जाचका लागि लक्ष्मी स्वयम् आफै सम्वन्धित वार्डमा पुगेकी थिइन् ।

मध्यान्ह १२.३० मा रिपोर्ट आयो उनको एपेन्डिक्सको अपरेशन गर्नुपर्ने भन्दै परिवारसित सल्लाह भयो । डाक्टरले सुरुमा कम्प्युटर प्रविधिबाट एपेन्डिक्सको अपरेशन गर्ने भन्दै परिवारसित लिखित मञ्जुरी लिए । त्यतिञ्जेल लक्ष्मीमा बिरामीको कुनै पनि थिएन । उनकी आमा रेश्माले भक्कानिदै भनिन्–“छोरी आफै ठाउँ ठाउँमा पुगेर रगत दिसा पिसाव दिएकी हुन्, अपरेशन गर्ने ठाउँमा जाने बेला पनि उनी राम्रै गरि बोलेर गएकी हुन् तर फर्कदा न उनको बोली सुन्न पाए, न त छोरी नै ।”

पुनः २.३० मा डाक्टरले समस्या केही जटिल भएको भन्दै अपरेशन गर्नुपर्ने भन्दै पुनः परिवारबाट लिखित अनुमति लिए । रगत चाहिने भन्दै डाक्टरले बताएपछि परिवार स्रोत रगतको खोजीमा लागे । त्यतिञ्जेल साँझको लगभग ४ बजिसकेको थियो । पछि उनका आफन्तीहरु पनि थपिएपछि बिरामीको स्वास्थ्य अवस्थाबारे चासो भयो ।
बिरामीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको, एपेडिक्सको अपरेशन गर्ने क्रममा उनको पाठेघर लगायतमा रगत जमेको पाइएको र नशासम्वन्धी बिशेषज्ञ मेडिकलमा नभएकोले थप उपचार सम्भव नभएको भन्दै मेडिकलका डाक्टरले भने । त्यसपछि मात्रै उनलाई थप उपचारका लागि आइतबार साँझ ८.३० मा भैरहवा लगिएको थियो । एम्बुलेन्समा डाक्टर र नर्सहरु मात्रै थिए त्यसैले लक्ष्मीको स्वास्थ्य अवस्थाबारे परिवारले थाहा समेत पाउन सकेनन् । परिवार स्रोत अर्कै गाडीमा भैरहवा पुगे ।

भैरहवा पु¥याउने बित्तिकै पनि उनको उपचार सुरु हुन सकेन । झण्डै आधा घण्टा उनले उपचारको प्रतिक्षा एम्बुलेन्सबाटै गर्नुप¥यो । अन्ततः उनको उपचार सम्भव नभएको भन्दै अस्पतालले बिहान ५ बजेपख मृत घोषणा ग¥यो ।
पिडित परिवारले अस्पतालको लापरबाहीले आफ्नी छोरी गुमाउनु परेको बताएका छन् । मृतक लक्ष्मीका दाजु बिकास रसाइलीले अस्पतालले लापरबाही गर्दा बहिनी गुमाउनुपरेको बताए । “ढिलो गरि हामीलाई अन्यत्र लैजानुस् भनियो, त्यसमाथि लक्ष्मीलाई लगिएको एम्बुलेन्समा हामी कसैलाई पनि बस्न दिइएको थिएन । उनलाई लैजाने बेला आखामा पट्टि समेत बाधिएको थियो, उनको अवस्था के छ भन्नेबारे हामीले यहीबाट हिड्ने बेला नै मेसो पाएका थिएनौं ।” उनले भने ।

अस्पतालका डाक्टर राजकुमार क्षेत्रीले उनको नसा फुटेकोले रगत बगिरहेको र यहाँ त्यसप्रकारको प्रविधि र जनशक्ति नभएकोले तत्काल भैरहवा पठाएपनि उनको उपचार सम्भब नभएको बताए । उनको शव अहिले भैरहवा अस्पतालमा रहेको छ । पिडित पक्षका गाउँलेहरु अस्पतालमा आइपुगेका छन् । उनीहरुले अस्पतालको लापरबाही भएको भन्दै न्यायको माग गरेका छन् । दुबै पक्षबीच सहमतिका लागि प्रयास भएको छ ।

Comments
Loading...