पैसा तिरेको ११ वर्षपछि बल्यो निस्दीमा बिजुली

0 103

धनबहादुर ठाडा । (मित्याल) पाल्पा
निस्दी गाउँपालिकाबासीले पैसा उठाएको ११ वर्ष पछि बिजुली बल्न पाएका छन् । निस्दीबासीले सामुदायिक विद्युतीकरणको लागि आजभन्दा करिव ११ वर्ष अगाडि पैसा बुझाएका थिए ।


निस्दीको ५ वटा वडाका करिव २ हजार ६ सय घरधुरीमा यसै वर्ष भित्र बिधुत पुर्याउने लक्ष्य रहेको लाली गुँरास ग्रामीण विधुत सहकारी संस्था निस्दीका अध्यक्ष दुर्गा बहादुर सोमइले बताए ।
शनिबारदेखि निस्दीको वडा नं. ५ गल्धाको प्रायः सबै टोलमा , साबिकको अर्चले गाविस वडा नम्बर १ , २ र ३ मा र निस्दी ४ , मित्यालको साबिक वडा नम्बर १ र २ मा राष्ट्रिय प्रसारण लाइनको विधुत विस्तार भएको छ ।

हाललाई सामुदायिक विधुतिकरणको लागि लाइन बिस्तार गर्न केही प्राविधिक समस्या रहेकोले ११ केभी राष्ट्रिय प्रसारण लाइनबाट निस्दीको गाउँ टोलमा विधुत विस्तारको काम भईरहेको अध्यक्ष सोमइले बताए । धेरै समयको पर्खाइमा राष्ट्रिय प्रसारण लाइन गाउँमा आएपछि मित्यालका स्थानीय बसिसंग खुसी साटासाट गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले व्यावसायिक रूपमा आयआर्जनका कार्य गरेर आर्थिक लाभ लिन अनुरोध गरे ।

विश्वभर कोरोना महमरीको बेलामा पनि ज्यान जोखिममा राखेर विद्युत लाइनको काम गरेका प्राविधिक टोलीलाई यहाँका स्थानीयले सम्मान गरेका छन् ।

Comments
Loading...