पोषण मैत्री बगनासकाली बनाउने प्रतिबद्वता

0 149

बगनासकाली (पाल्पा) । बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र बेश नेपालको सहयोगमा बहुक्षेत्रीय पोषण योजनाकोे १ दिने अभिमुखीकरण कार्यक्रम बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख उमाशंकर प्रसाद चौधरी, गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल लगायतले आ आफ्नो धारणा राखेका थिए । कार्यपालिकाका सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शाखा प्रमुखहरुको सहभागिता रहेको उक्त सुआहारा कार्यक्रम पाल्पाका प्रमुख कृष्ण गुरुङ र नवराज नेपालीले सहजीकरण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालको अध्यक्षता, स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीको स्वागत र सहसंयोजक ठानेश्वर बस्यालमा कार्यक्रममा चलेको थियो । सोही अवसरमा गाउँपालिका अध्यक्ष कृष्ण बस्याल अध्यक्ष र उपाध्यक्ष सरस्वती चिदी मगर उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्याल सदस्य सचिव रहने गरि पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन गरिएको छ । वडा स्तरमा समेत गठन हुने गाउँपालिकाका प्रवक्ता लक्ष्मीप्रसाद अधिकारीले बताए ।

Comments
Loading...