प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागी हुने खेलाडीहरुलाइ बिदाई

0 83

दयाराज न्यौपाने । तानसेन
प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा सहभागी हुने खेलाडीहरुलाई एक समारोह बिच जिल्ला खेलकुद बिकास समिति पाल्पाले बिदाई गरेको छ ।
खेलाडी बिदाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रिय खेलकुद बिकास समितीका कोषाध्यक्ष बसन्त जि.आरले खेलकुदको बिकास क्रमिक बढ्दै गएको भन्दै खेल विकासमा सबैको पहल आवश्यक रहेको बताए ।

महिला,पुरुष दौड प्रतियोगीताअन्र्तगत १००मि. र२०० मि. त्रिपलजम्प,लङ्गजम्प, सटफुट, डव्लुटिफ, कराते लगायत ३ बटा बिधामा २४ जना खेलाडी सहित प्रशिक्षकहरु समेत सहभागी हुने र बाकेको नेपालगन्जमा यही जेठ ७ र ८ गते प्रदेश स्तरीय छनोट कार्यक्रम हुने जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष करुणा काफ्लेले बताए ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिती उपाध्यक्ष दिपक घिमिरे, जिल्ला खेलकुद बिकास समिती सदस्य दयाराज न्यौपान, कार्यालय प्रमुख तारा बहादुर थापा बोल्दै राष्ट्रिय खेलाडी बन्दै पाल्पालाई चिनाउने राम्रो अवसर आएको भन्दै सदुपयोग गर्ने शुभकामना दिएका थिए । खेलाडीहरुलाई अविर तथा फुलमालाले बिदाई गरिएको थियो ।

Comments
Loading...