प्रदेशसभामा एउटामा एमाले र अर्कोमा नेपाली कांग्रेस अगाडि

0 1,701

पाल्पा । पाल्पामा प्रदेशसभा सदस्यको मतगणना पनि जारी छ । प्रदेश सभा सदस्यका लागि भएको मतगणनामा एउटामा नेकपा एमालेका उम्मेदवार अगाडि हुनुहुन्छ भने अर्कोमा नेपाली कांग्रेसका उम्मेदवार अगाडि हुनुहुन्छ ।

चार प्रदेशसभा सदस्य मध्ये अहिले २ वटाको मात्रै मतगणना भइहरेको छ । मतगणना भएका मध्ये प्रदेशसभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता रहेको छ । यो समाचार तयार पार्दासम्म श्रेष्ठले ३ हजार ४७६ मत पाउनुभएको छ । यस्तै कांग्रेसका श्यामकान्त खनालले भने १ हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि प्रदेशसभा २(१)मा नेपाली कांग्रेसका वीरबहादुर रानाको अग्रता रहेको छ रानाले ४ हजार १३५ र नेकपा एमालेका परशुराम भट्टराईले ३ हजार ५०४ मत प्राप्त गनुभएको छ । यो प्रदेससभाका लागि यो समाचार तयार पार्दासम्म बगनासकाली गाउँपालिकाका ६ वटा वडाहरुको मात्रै मतगणना भएको छ ।

Comments
Loading...