प्राविधिक शिक्षाका प्रशिक्षकहरुलाई १० दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

0 244

पाल्पा । सिटिईभिटि अन्र्तगतका बिभिन्न प्राविधिक बिषयका प्रशिक्षकहरुलाई १० दिने प्रशिक्षक प्रशिक्षण तालिम तानसेनमा सम्पन्न भएको छ ।


टिआई टिआईको आयोजना र शिव इन्ष्टिच्ुट पाल्पाको ब्यवस्थापनमा भएको तालिमको समापन कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले यो तालिमले सहभागीहरुमा आगामी दिनमा आफ्नो काम गर्दा थप बिज्ञता सहित काम गर्न प्रेरित गर्ने बताए । उनले प्राविधिक बिषयका तालिमहरु आजको आवश्यकता रहेको र त्यसप्रकारका तालिमका लागि नगरपालिकाले सहयोग गर्दै पनि आएको बताए ।


तानसेन नगरपालिकाका सामाजिक बिकास अधिकृत भरत प्रसाद आचार्य, तालिमका प्रशिक्षक किरण पौडेल, कुवेर अधिकारी, राजकुमार खड्काले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रशिक्षार्थीहरु तर्फबाट बोल्दै राधा सिंजाली र गोकुल सापकोटाले तालिम निकै ज्ञान बर्धक र सिपयुक्त रहेको बताउदै अब तालिममा सिकेका कुरालाई व्यवहारमा उत्तार्ने बताए ।

कार्यक्रम शिव इन्ष्टिच्युटका व्यवस्थापक नारायण भटराईको अध्यक्षतामा, शिव इन्ष्टिच्युटका तालिम कोडिनेटर राज कुमार खण्डकाको स्वागत मन्तव्य र अस्मिता ढुगानाको सञ्चालनमा चलेको थियो । तालिममा बिभिन्न प्राविधिक बिषयका २४ जना प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...