प्रिय रोशनी तिमी लिपुलेकमै किन परेकी ?

0 36

पुरन पोखरेल
…. अर्को दिन बिहानै उठेर पुर्वतिर घाम उदाउने समय कुरेर बसिरहे तर मौसम यस्तो पर्दियो कि म पुर्वतिर हेर्दै थिए तिमी पश्चिमबाट उदाउँदै छौं जस्तो झरी,बतास,बादल । तिमिलाइ देख्ने आश सकिएपछि फेरि त्यही कोरोनाको कहरले म बस्ने गरेको क्वारेन्टाइनमा पुग । सोचे क्वारेन्टाइनमा सारा मानव जाती मात्रै कहाँ हो र तिमिले गरेको अघोषित लकडाउनले मेरो प्रेम पनि त मनको क्वारेन्टाइनमै छ ।

क्वारेन्टाइन बाट तिमीलाइ खोजिरहनु मेरो बानी जस्तै थियो साँझको पर्खाइमा ।
दिनहरु उस्तै थिए जताततै लकडाउन तर केही फेरिएको थियो ।आधा हिडिरहेका मोटर चढिरहेका यस्तै यस्तै । कोहि प्रश्न गर्थे के यहि हो लकडाउन ? तर जे सुकै होस मैले सधा जस्तै तिमीलाइ हेर्न निस्किए । तर देखिन एता उता घुमिरहे एक्कासि मेरो आँखाले तिमीलाइ त्यो लिपुलेकको डाडोमा अस्ताउदै गरेको देखेयो । नेपालको सुदुरपस्चिम प्रदेशको दार्चुलाजिल्लामा करिव ३ हजार ६ सय देखि ५ हजार २ सय मिटर उचाइमा रहेको उपत्यका लिपुलेक सन् १९१६ मा सुगौली सन्धि हुँदा नेपाल र भारत बिचको सिमाना कायम गरिएको ठाउँ हो जुन कालापानी क्षेत्रमा पर्दछ ।


नेपाल, भारत र चिनलाई जोडने सामरिक ऐतिहासिक महत्त्वको भुमी हो लिपुलेक । १८५६ पछि लिपुलेकको सुन्दरता र चित्रलाई कुरुप बनाउन लागिएको हो । १९६२ मा भारत चीन युद्ध हुँदा १८ ठाउँमा भारतीय फौजीका अड्डाहरु थिए । जसमध्ये कालापानीमा अड्डा जमाएर भारतीय सेनाले परेड खेलिरहेको छ । तिमीर मैले सानोमा स्कुलका किताबहरुमा पढेको हाम्रा वीर पुर्खाहरु बलभद्र कुवर ,भक्ती थापा र अमरसिंह थापाहरुले पानी नखाइ अंग्रेज फौज संग ढुङ्गा र गुलेलिको भरमा लडेर जोगाएको भुमी हो लिपुलेक। म आज अचम्म परिरहेको छु सधै छित्तिज पारी अस्ताउने रोशनी आज लिपुलेकको डाडोमा कसरी पुगेकी ?कालापानी त्यो क्षेत्रमा कसरी पुगेकी? साएद लिपुलेक र कालापानी संग हाम्रो अपार माया छ प्रेम छ ।
धेरै पटक सुनेको, देखेको र भोगेको छु लिपुलेक कालापानी हाम्रो भन्दै जुलुस आन्दोलनहरु तर बिडम्बना तिमिले र मैले पढेको जानी नजानी छाप्दै छाप्दै कोर्ने गरेको हाम्रो प्यारो नेपालको नक्सामा लिपुलेक कालापानी कोरिएकै रहेनछ । सधै तिम्रो सुन्दरता हेर्ने म,तिम्रो सुन्दरतामा हराउने म आज तिमिलाइ बिर्सिएर लिपुलेक र कालापानीको सुन्दरतामा हराइ रहेछु । पहिला कसैले कालापानी मार्च गरे कसैले सुरुङ्ग खनेर युद्ध लडने तयारी गरे तर आज लिपुलेकको छातिमाथी डोजर चलाएर बिस्तारबाद (साम्राज्यवाद )ले लिपुलेक माथी अत्याचार गरिरहेको छ । लिपुलेकको अस्मिता माथी नाङ्गो नाच देखाइरहेको छ । बिडम्बना तिमिले सन्ध्यामा उज्यालो छरिरहेको लिपुलेकको नाम बेचेर रातारात करोडपति बनेकाहरु ,राजनेता कहलिरहेका हरु र चिल्ला गाडिमा झण्डा हालेर गुडिरहेका हरु टुलुटुलु हेरिरहेका छ्न । सायद नोभेम्बर २, २०१९ तिर होला साम्राज्यवादले आफ्नो नक्सामा लिपुलेक राखेर आफ्नो भन्दै प्रकाशन गरेको त्यतिबेला मलाइ याद छ म त्यही सुन्दर शहर तानसेनका चोक र गल्ली हरुमा रातदिन सत्ता संग लिपुलेक र कालापानी मागेको देशको ६२ हजार बढी हेक्टर जमिन मागेको,सत्ताका बन्दुकका नालहरुको प्रबाह नगरी मैदानमा उत्रेको तर त्यतिबेला त्यो सिङ्गो शहर होइन अहिले लिपुलेकको भजन गाइरहेका हरु चिसो मौसममा ब्लाङकेट ओढेर सुतिरहेका थिए । त्यतिबेला आफ्नो नक्साभित्र लिपुलेक र कालापानी छाप्न नसक्नेहरु लाई अहिले कालापानीको याद आएको छ ।


सधै मुस्कुराएको तिम्रो अनुहार आज मलिन छ । जसरी तिमिले भन्ने गर्थेयौ नि स्वीकार गर्नै नसकिने कुरा कसरी स्वीकार गर्न सकिन्छ र आज लिपुलेकको कथा तेस्तै बनेको छ ।तिमीले त मलाइ मलाइ याद गर्छौ गर्दैनौं,प्रेम गर्छौ गर्दैनौ त्यो त म भन्न सक्दैन किनकी तिमी अस्ताउने उदाउने बिन्दु आजसम्म एउटै भेटेको छैन । म त तिमिले उदाउदा अस्ताउदा तिमिलाइ खोजिरहने मजाकको पात्र मात्रै न हो तर तिमीलाइ लिपुलेकको त्यो डाडोमा पाँउदा म निकै खुसी छु कि मैले जस्तै तिमिले पनि प्यारो मातृभुमिको उत्तिकै माया रहेछ । आखिर हाम्रो प्रेमको बिन्दु त कहिन कहि मिल्दोरहेछ । सधैं रोशनीलाई कुरेको मेरो अनुहारमा आज किन किन तिम्रो प्रेमको प्रकाश परेको अनुभुती भैरहेको छ।सायद आशा छ सधै तिम्रो प्रेमको प्रकाश यसैगरी कायम रहिरहेने छ रारातालको पानी जस्तै टलटल टल्किरहने छ ।


मैले सुनेको छु कोरोनाको कहरको बिचमा भारतले धेरै बर्ष अघि चिथोर्न थालेको लिपुलेकको छाती छियाछिया पारेर सक्कायो रे । सक्किएपछी मानौ मरेपछि चिच्याएर रुने नक्कलीहरु जस्तै आज केही नौटंकी हरु रोइरहेका छन् । धेरै समय अघि हेलिकप्टर लिएर कालापानी उडेका हरुले बल्लआज चिथोरेर रक्ताम्य भएको लिपुलेकको घाउ देखिरहेका छ्न । बिडम्बना उता डोजर चल्दा एता हस्ताक्षर चेलेका छ्न ।उनीहरुलाई प्यारो मातृभुमी होइन गाडीमा झण्डा,नोट,भोट र बङ्ला चाहिएको छ । तिमी र म मात्रै होइन रोशनी ३ करोड नेपालीको छाती आज छिया छिया भैरहेको छ । यो आक्रोश रास्ट्रप्रेमले आशा छ बिस्तारबादी नङग्रा बाट प्यारो लुटिएको कालापानी र लिपुलेक बच्नेछ।तिमिले यसैगरी सुन्दर र ऐतिहासिक भुमिमा यसैगरी प्रेमको प्रकाश छरिरहनु ।
अजङ्ग पहाड बनेर देशको सिमानामा सिपाही बनेर उभिने रहर म मात्रै होइन लाखौं युवाहरूमा उठेको छ।काडेतार बनेर जग्ङ्गे पिल्लर बनेर सिमानामा उभिन मन छ । त्यतिबेला छातिमाथी बर्सिने गोला र बारुद हरुलाइ हासी हासी स्वीकार गर्दै रातो र तातो रगतमाथी तिम्रो प्रेमको रोशनी पर्दापर्दै अस्ताउन मन छ।समय आउनेछ हजारौं लाखौं योद्धा हरु सिरमा कफन बानेर सम्झौताबादी देशभित्रका लुटेराहरुको चिरहरण गर्दै सिमानामा पर्खाल बनेर उभिनेछ्न ।


लिपुलेक माथिको त्यो अस्ताउदै गरेको रोशनी हेरिरहदा तिमी ठिङ्ग उभिएर मन्न मुस्कान सहित तेतै कतै टोलाइरहेको भेटे र मनमनै प्रश्न गरे रोशनी तिमी किन लिपुलेककै डाडोना परेकी ? निरन्तर …….
(लेखक साहित्यका विद्यार्थी हुन्)

Comments
Loading...