प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न

0 229

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको आयोजना बडा दशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सञ्चालित कार्यक्रम प्रेस चौतारीका केन्द्रीय सदस्यहरु, प्रदेश सस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, नेकपा एमालेका नेताहरु, जिल्लामा क्रियाशील पत्रकारहरु, नेपाल निकट बिभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेले शुभकामना आदानप्रदान गर्नुहुँदै मंसिर ४ गते हुने प्रदेशसभा ताथ प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय नेकपा एमालेको नीति कार्यक्रमबाट बालबालिका, युवा देखि जेष्ठ नागरिकसँग प्रभावित भएको र जनचाहना अनुसार र पार्टी र एमालेबाट बिजयी सांसदहरुले काम गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारी पाल्पाले पछिल्लो समय विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमाले पाल्पाका पूर्व अध्यक्षहरु नारायण प्रसाद आचार्य, देवीप्रसाद बस्याल, पुर्व सांसद नारायणी शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रेस चौतारी केन्द्रीय सदस्य मिलन बिश्वकर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव नारायण न्यौपानेले गर्नुभएको थियो । प्रेस चौतारी पाल्पाले पछिल्लो समय बिभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । हालै यो संस्थाले तानसेन सिल्खानटोलमा कार्यालय समेत स्थापना गरेको छ ।

Comments
Loading...