प्रेस चौतारी पाल्पाको बैठक सुकेतालमा बस्ने तयारी

0 18

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको विस्तारित बैठक तिनाउ गाँउपालिकाको कचल र सुकेतालमा मा बस्ने भएको छ । आज वसेको शाखा सचिवालयको बैठकले आगामी फागुन ४ र ५ बैठक वस्ने निर्णय गरेको हो । बैठकमा जिल्ला कार्यसमिति,सल्लाहकार र केन्द्रिय प्रतिनिधि,पार्टी प्रचार विभाग लगाएतको सहभागिता रहने छ ।

बैठकले गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रचार प्रसार कार्यमा अहोरात्र खटि बाम गठवन्धनको सत प्रतिसत नतिजा ल्याउन सहयोग गर्ने सवैलाई आभार व्यक्त गदै धन्यवाद ज्ञापन गरेको छ । यसका साथै निर्वाचित बाम गठवन्धनका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरेको कार्यालय सचिव नेत्र गैरेले जानकारी दिए ।

साथै बैठकले प्रेस चौतारी नेपाल माघ २२ गते पर्ने २० औ केन्द्रिय स्थापना दिवस भव्य रुपमा मनाउने तथा अन्य कार्यालय व्यवस्थापनका विषयमा निर्णय गरेको छ । बैठकमा चौतारीका केन्द्रिय सदस्य कमलराज तिमल्सीनाले केन्द्रबाट आएको सर्कुलरको बारेमा जानकारी गराउदै पत्रकारिताका क्षेत्रमा चौतारीले गरेको योगदान महत्वपूर्ण भएको बताए । उनले पेशागत संगठनमा जिल्लामा क्रियाशिल रहेको एक मात्र ठूलो संस्था चौतारी भएकोले उदारणिय कार्यका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । बैठक शाखा अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षता तथा शाखा सचिव कृष्ण कार्कीको संचालनमा चलेको हो ।

Comments
Loading...