प्रेस युनियन पाल्पाको सभापतिमा पुनः भरत शर्मा

0 62

पाल्पा । प्रेस युनियन पाल्पाको शनिवार सम्पन्न आठौं अधिवेशनबाट सभापतिमा पुनः भरत शर्मा निर्विरोध निर्वाचित भएका छन् । शर्मा यसअघि पनि सभापति नै थिए ।

त्यस्तै उपसभापति खुल्लामा पुष्करराज रेग्मी, उपसभापति महिलामा मन गहिरे, सचिवमा रामचन्द्र रायमाझी, कोषाध्यक्षमा बिष्णु प्रसाद खनाल र सहसचिवमा सरस्वती दंगाल चयन भएका छन् ।

सदस्यहरुमा सुमन कार्की, भविश्वर पौडेल, बिष्णु प्रसाद पाण्डे, संगीता थापा, सरिता रेग्मी, दान बहादुर हिस्की, जीवन तिवारी र इमानसिं राना चयन भएका छन् । अधिवेशनले ९ जनालाई केन्द्रीय पार्षद र ११ जनालाई प्रदेश पार्षदमा चयन गरेको छ । केन्द्रीय पार्षद्मा झपेन्द्र गहिरे, जगदीश भट्टराई, कविराज नेपाल, प्रकाश नेपाल, दुर्गेस मल्ल, प्रकाश खनाल, सुशिला रेग्मी, सीता डोटेल, सिता पाण्डेय रहेका छन् । त्यस्तै प्रदेश पार्षदमा मुक्ति न्यौपाने, दिपक पोखरेल, चिन्तामणी पाण्डे, रामचन्द्र ढुंगाना, गजेन्द्र पन्थी, किशोर भट्टराई, सुमन गैरे, दुर्गा ढेंगा, सिमा भट्टराई, भोजराज तिमिल्सिना र अनु खनाल रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रदेश नं. ५ का प्रदेश सदस्य तथा नेपाली कांग्रेस पाल्पाका सभापति बिर बहादुर रानाले नेपाली सामाजिक राजनीतिक रुपान्तरणका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेको बताए । सो अवसरमा विभिन्न पुरस्कारदाताहरुबाट स्थापित पुरस्कारबाट ९ जना पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो । झपेन्द्र गहिरे, जगदीश भट्टराई, माधव अर्याल, मन गहिरे, प्रकाश नेपाल, मुक्तिप्रसाद न्यौपाने, अनिल लिगल, सिता डोटेल, सुशिला रेग्मीलाई कार्यक्रमका प्रमुख अतिथि, पुरस्कारदाता लगायतले पुरस्कृत तथा सम्मान गरेका थिए ।

Comments
Loading...